५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

गाैरादहमा विपीकाे जन्मजयन्तीमा १०७ वटा दीपप्रज्जवलन


२४ भाद्र २०७७, बुधबार  

0
Shares

गाैरादह २४, भदाै / नेपाली कांग्रेस वार्ड नं. ७ गाैरादहले महान नेता विषेश्वर प्रसाद काेईरालाकाे १०७ औ जन्माेत्सवकाे अवसरमा दिपप्रज्जवलन गरेकाे छ ।

गाैरादह नगरपालिका वार्ड नं. ७ गुवालडुब्बा बजार दुर्गा मन्दिर अगाडी १०७ वटा दिप प्रज्जवलन गरि वडा समिति ७ ले साझ ६ बजे विपीकाे १०७औ जन्मजयन्ती मनाएकाे हाे ।
वडा सभापति दिलनाथ कटुवालकाे सभापतित्वमा भएकाे कार्यक्रममा नेपाली कांग्रेस गाैरादह नगर सभापति यादवराज सेढाईले प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाले लोकतान्त्रिक समाजवाद स्थापनामा दिएकाे याेगदानकाे स्मरण गरेका छन् ।

विपी काेईरालाले देखाएकाे समाजवादकाे नीति अहिले पनि उतिकै सान्दर्भिक भएकाे बताउँदै राजनीतिमा प्रजातान्त्रिक समाजवाद नीतिका लागि वीपीको योगदान अविस्मरणीय रहेको स्मरण गर्दै सभापति सेढाईले गरिव, दु:खी, विपन्न तथा असाहयको उन्नतिका लागि वीपी चिन्तन अपरिहार्य रहेको बताएका थिए ।

जेष्ट नागरिक सुर्य प्रसाद दाहाल, सम्पत राजवंशी, हिरण्य पाैडेललगायतले दीप बालेर समापन गरेकाे कार्यक्रममा वार्ड, नगर, प्रदेश र संघमा भईरहेकाे भष्ट्राचार विरूद्व नेपाली कांग्रेस खराे रूपमा उत्रिनु पर्ने बेला भएकाे बताए । जनताकाे सुरक्षा, जनताकाे स्वास्थ्य सुरक्षा, जनजिविकाकाे सवालमा नेकपाकाे सरकारले काम नगरेकाे आराेप लगाए । नेपाली कांग्रेसका क्षेत्रिय सचिव सुर्यभक्त सिटाैलाले सञ्चालन गरेकाे कार्यक्रममा नगर प्रमुख तथा क्षेत्र नं. ५ क सभापति राेहित कुमार साह, महिला नेत्री सुमित्रा खरेल, नेविसंघ गाैरादह सभापति बाबुराम नेपाल , युवा तथा खेलकुद जिल्ला सदस्य भाेला चक्रवती, काेमल ढुङ्गानालगायत नेता तथा कार्यकर्ताकाे उपस्थिति थियाे ।

 

 

 

 

 

 

 

 

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  २ : २३ बजे