५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

गाैरीगंज – ३ ले पीसीआर परिक्षणसहित १ लाखकाे विमा गरिदिने


२० भाद्र २०७७, शनिबार  

0
Shares

गाैरीगंज २०, भदाै / गाैरीगंज गाउँपालिका वार्ड नं.३ ले १ लाख रूपैयाँकाे काेराेना विमा गरिदिने भएकाे छ ।
वार्ड नं. ३ भित्रका ईच्छुक सर्वसाधारणको पीसीआर परिक्षण सहित १ लाख रूपैयाँकाे काेराेना विमा गरिदिने भएकाे हाे ।
गाैरीगंज गाउँपालिकामा समुदायस्तरमा काेराेना संक्रमित भेट्न थालेपछि पहिलाे चरणमा ‍वार्ड नं. ३ भित्रका ५० जना सर्वसाधारणकाे पीसिअार परिक्षणसहित १ लाख रूपैयाँकाे काेराेना विमा गरिदिने वार्ड नं. ३ का अध्यक्ष मखना महताे जानकारी दिए ।

 

 

 

 

वार्ड नं. ३ का अध्यक्ष मखना महताे 

विमाकाे लागि ईच्छुक सर्वसाधारणले नागरिकताकाे फाेटाेकपि र ३ सय २० रूपैयाँ वार्ड कार्यालयमा बुझाउनु पर्नेछ ।
वार्ड कार्यालयसंग सिद्वार्थ  लाईफ ईन्साेरेन्सका धिरज कुमार अग्रवालकाे  सहकार्यमा   हुने सर्वसाधारणकाे काेराेना विमाका लागि रकम र डकुमेन्ट बुझाईसकेपछि दर्ता भएका सर्वसाधारणको पीसीआर परिक्षण हुने छ ।
पीसिअार रिपाेर्ट यदि पाेजिटिभ भेटिए संक्रमित व्यक्तिले उपचार सहित काेराेना विमा बापत १ लाख रूपैयाँ पाउने छ ।

 

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार  १२ : ४० बजे