१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

दमकका टेलीकम कर्मचारी र औषधि व्यवसायीमा काेराेना संक्रमण


१० भाद्र २०७७, बुधबार  

0
Shares

दमक१०, भदौ / 
दमक आज १५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । यस अघि संक्रमण देखिएको लघु वित्तका कर्मचारी, नेपाल टेलीकमका कर्मचारी र अ‍ैषधि व्यवासीको सम्पर्कमा आएका हरुको कन्ट््याक ट्रेसिङ गरी २ सय ९ जनाको स्वाब संकलन गरिएको थियो । उनिहरु मध्ये आज १४ जनाको र एक जना होम क्वारेन्टाईनमा सबेका व्यक्तिको रिपोर्ट पोजेटिभ आएको नगरपालीकाको श्वास्थ्य शाखाले जनाएको छ । 
आज संक्रमण देखिएकामा २२ देखी ७२ बर्ष सम्मका ६ जना महिला र ९ जना पुरुषहरु रहेका छन् । 
आज संक्रमण देखिएकामा दमक वडा नम्बर १ का १ जना, वडा नम्बर ४ का होम क्वारेन्टाईनमा बसेका १ जना र कन्ट्याक ट्रेसिङका १ जना, वडा नम्बर ५ का १ जना, वडा नम्बर ६ का ५ जना, वडा नम्बर ९ का ६ जना रहेका छन् । उनिहरु कसैमा पनि लक्षण भने नदेखिएको जनाईएको छ । 
यो संगै दमकमा कोरोना संक्रमितको संख्या ८१ पुगेको छ । 

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार  ८ : ४४ बजे