१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंंजमा क्वारेन्टाइनमा रहेका एक व्यक्तिमा काेराेना पाेजिटिभ, संक्रमितकाे सम्पर्कमा आएका ७४ जनामा ७१ जनाकाे रिपोर्ट नेगेटिभ


९ भाद्र २०७७, मंगलबार  

0
Shares

गाैरीगंज ९, भदाै / गाैरीगंज गाउँपालिकामा समुदाय स्तरमा कोरोनाकाे संक्रमण फैलिएकाे पुष्टि भएपछि संक्रमित व्यक्तिकाे परिवारसहित सम्पर्कमा आएका ७४ जनाकाे स्वाव संकलन गरिएकाे मध्ये ७१ जनाकाे पीसीआर रिपाेर्ट नेगेटिभ आएकाे छ ।


गाैरीगंज गाउँपालिका वार्ड नं. ६ घर भएका ३० बर्षिय पुरूषमा काेराेना संक्रमण पुष्टि भएपछि भाद्र ४ गते उद्योग वाणिज्य संघ गाैरीगंज कार्यालयमा स्वाव लिईएकाे ७४ जना मध्येमा ७१ जनाकाे पीसीआर रिपाेर्ट आज नेगेटिभ आएकाे हाे । बाकी ३ जनाकाे पनि रिपोर्ट छिट्टै आउने गाैरीगंज स्वास्थ्य प्रमुख रामचन्द्र मिश्रले जानकारी गराएका छन् ।

स्वाव संकलन गरिएका ७४ जनाकै पीसीआर परिक्षणका लागि धरान स्थित विपी काेईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएकाे थियाे ।

त्यसैगरी गाैरीगंज गाउँपालिका वार्ड नं. १ महाभरा बस्ने ५० बर्षिय पुरूषमा पीसीआर रिपाेर्ट पाेजिटिभ अाएकाे छ ।
उनी भरतपुर क्यान्सर अस्पतालमा अाफन्तलाई उपचार गरि घर फर्कदा भाद्र १ गते गाैरीगंजकाे क्वारेन्टाइनमा बसेका थिए ।

 

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  १० : ४३ बजे