१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

साहसी सुमी !


९ भाद्र २०७७, मंगलबार  

0
Shares

 सुमी गुरूङ : फेसबुक  एकाउन्टसबाट लिईएकाे फाेटाे हाे । 

आत्माराम राजवंशी 
गाैरीगंज ९, भदाै /
सगरमाथा चढ्ने, हवाईजहाज उडाउने, बस चलाउने, अग्ला – अग्ला हिमाल चढ्ने, ठूला-ठूला बिल्डिङ एवं पहाड फाेड्ने साहसी महिलाहरूको संख्या पनि बढ्दो क्रममा छ ।

महिलाहरू जस्तो सुकै संघर्षपूर्ण तथा अप्ठ्यारो पेसामा पनि रिस्क लिन सक्षम छन् र अवसर पाए जुनसुकै र जतिसुकै अप्ठ्यारो परिस्थितिमा पनि अघि बढ्न सक्छन् भन्ने कुराको ज्वलन्त उदाहरण हुन्– सुमी गुरूङ्ग ।

गाैरीगंज गाउँपालिका वार्ड नं. ६ मा रहेकाे गाैरीगंज खजुरगाछी प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याव टेक्निसियनकाे रूपमा करिब ३ बर्षदेखि कार्यरत छिन् । काेराेना संक्रमणकाे प्रभाव गाैरीगंजमा पनि देखिएपछि करिब ६ महिनादेखि पीसीआर परिक्षणका लागि स्वाव संकलन कार्य उनकै काँधमा छ ।

चीनमा काेराेना भाईरसकाे संक्रमण फैलिरहेकाे समयमा यहाँसम्म त्याे संक्रमण अाउला जस्ताे लागेकाे थिएन उनलाई । जब विस्तारै काेराेनाकाे संक्रमण फैलिईदै नेपालमा भित्रियाे र पीसीआरकाे लागि स्वाव संकलन कार्य आफ्नाे काँधमा आएपछि शुरूमा डर लागेपनि पछि बानी बसेर अाएकाे सुमीले आफ्नाे अनुभव सुनाईन् ।

‘करिब १५ सय  जनाकाे स्वाव संकलन गरिसकेकाे रहेछु क्यार’ उनले भनिन – ‘अब त बानी लागिसक्याे, डर लाग्दैन ।’
काेराेना भाईरसकाे संक्रमणले विश्व नै प्रताडित भईरहेकाे बेला आफ्नाे ज्यानलाई जाेखिममा राखेर काेराेनाकाे परिक्षणका लागि अग्रपंक्तिमा रहेर गाैरीगंजमा स्वाव संकलन कार्यमा निरन्तर खटिरहेकी छन् ।

भाेजपुर जिल्लामा जन्मेकी हाल उनकाे पथरी नगरपालिका वार्ड नं. १ गुम्बालाईनमा स्थायी बसाेवास छ ।
घर नगएकाे ६ महिना भईसक्याे उनले थपिन – ‘घरकाे सम्झना आईरहे पनि स्वास्थ्यकर्मीले आपत विपत्तमा नागरिकप्रति गर्ने कर्तव्य र जिम्मेवारीबाट पञ्छिन हुदैन त्यसैले स्वास्थ्य सेवाका लागि निरन्तर जहिल्यै तयारी अवस्थामा बस्नेछु ।’

स्वास्थ्य सेवामा अहाेरात्र खटिरहे पनि कहिलेकाही स्वास्थ्यकर्मीसंगकाे दुर्व्यवहारबाट चित्त दुख्ने गरेकाे उनले बताईन् । एकदिन अघि आफ्नाे फेसबुक एकाउन्टसमा पाेस्ट गरेकी छन् याे स्टाटस् –

“घर बाट निकाल, टोलबाट निकाल, अस्पतलाबाट पनि निकाल !
अनि तिमी बिरामी पर्दा काहाँ आउँछौ?? बिरामी त हामी पनि पर्दैछौँ, मूत्यूलाई हत्केलामा राखी तिम्रो उपचार गर्दैछौँ। कोरोना बाट त बाचिएला, तपाईंको दुव्र्यवहार बाट मलाई कस्ले बचाउने।”

डाक्टर र अस्पताललेसमेत काेराेनाकाे संक्रमणकाे डरले विरामीलाई भर्ना नलिईरहेकाे अवस्थामा सुमीले त्यस्काे प्रवाह नगरी अग्रपंक्तिमा रहेर निरन्तर गाैरीगंजमा स्वाव लिईरहेकी छन् ।

स्वाव संकलन कार्यमा जहिल्यै हाैसला प्रदान गर्ने स्थानिय सरकार, स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्र, स्वास्थ्य संयाेजक अनुप शर्मालगायत टिमलाई उनले धन्यवाद दिएकी छन् । उनले गाउँवासीलाई बाहिर हिडडुल नगरी घरमै बस्न सबैमा आग्रह गरेकी छन् ।

अकसर चुनाैती र अफ्ठ्याराे कार्यमा पुरुष मात्र अगाडि देखिए पनि महिला पनि कम छैनन् भनेर प्रमाणित गरेकी छिन् सुमीले ।

 

 

 

 

 

 

 

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  ९ : ५९ बजे