८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

गाैरीगंज वाणिाज्य संघद्वारा सर्वसुलभ मुल्यमा ५३ जनाकाे काेराेना परिक्षण


२९ श्रावण २०७७, बिहिबार  

0
Shares

20200813_183644
गौरीगंज २९, साउन / गाैरीगंज गाउँपालिका भित्रका ५३ जना व्यापारी तथा ईच्छुक सर्वसाधारणकाे पीसीआर परिक्षणका लागि स्वाव संकलन गरिएकाे छ ।
उद्योग वाणिज्य संघ गाैरीगंजकाे आयाेजना र गाैरीगंज गाउँपालिकाकाे समन्वयमा आज व्यापारी र सर्वसाधारणकाे सशुल्कमा स्वाव संकलन गरिएकाे हाे ।
संकलित उनीहरू सबैकाे स्वाव परिक्षणका लागि धरान स्थित काेराेना परिक्षण अस्पताल पठाईएकाे गाैरीगंज स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले बताए । कार्यक्रममा क्वारेन्टाइनमा बसेका अन्य ३ जनाकाे पनि स्वाव संकलन गरिएकाे थियाे ।
पीसीआर परिक्षणका लागि स्वाव संकलन गर्ने कार्यक्रमकाे औपचारिक शुभारम्भ गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले गरेका थिए ।
काेराेना भाईरसकाे महामारी समुदायस्तरमा फैलिईरहेकाे अवस्थालाई मध्यनजर गर्दै गाैरीगंजका व्यापारी वर्गलाई र ईच्छुक सर्वसाधारणलाई सर्वसुलभ दरमा परिक्षण गर्ने कार्य शुरूवात गरिएकाे उद्योग वाणिज्य संघ गाैरीगंजका अध्यक्ष मखना महताेले बताए ।

समुदायस्तरमा काेराेनाकाे संक्रमण नफैलियाेस भन्ने उदेश्यले काेराेना भाईरसकाे पीसीआर परिक्षण गर्दा कम्तिमा १५ हजार रूपैयाँ खर्च हुने भए पनि
गाैरीगंज गाउँपालिकाका भित्रका व्यापारीलाई ५ सय रूपैयाँ र इच्छुक सर्वसाधारणलाई २ सय ५० रूपैयाँमा कोरोना परीक्षण गरिएकाे वाणिज्य संघ अध्यक्ष महताेले बताए ।

संघले गाउँपालिकाभिका इच्छुक सर्वसाधारण तथा व्यापारीलाई स्वाव परीक्षणका लागि विहीवार विहान ७ बजे आउन वाणिज्य संघको कार्यालयमा सूचित गरेको थियाे ।

स्वाव संकलन कार्यमा खटिने स्वास्थ्यकर्मी, परिक्षण कार्यमा गाउँपालिकाले समन्वय गर्ने र भिटिएमकाे व्यवस्थापन वाणिज्य संघले गर्ने संघका अध्यक्ष महताेले बताए । भारतिय सिमासंग जाेडिएकाे गाैरीगंज गाउँपालिका काेराेना भाईरसकाे उच्च जाेखिममा रहेकाे छ ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहिबार  १२ : ५६ बजे