४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गौरीगंज गाउँपालिकाद्वारा काजक्रिया खर्च वापत मृतक परिवारलाई नगद दश हजार प्रदान


२४ श्रावण २०७७, शनिबार  

0
Shares

sok
गौरीगंज २४, साउन/ गौरीगंज गाउँपालिकाले मृत्युको शोकमा परेका दुई परिवारलाई आज राहत प्रदान गरेको छ ।
गौरीगंज गाउँपालिका वार्ड नं. १ रंगियाथानका स्व. सोङगो राजवंशी र महाभारा जिम्दार चौकका स्व पवन राजवंशीको परिवारलाई राहत स्वरुप समवेदनापत्र सहित नगद १०/१० हजार रुपैयाँ राहत प्रदान गरेको हो ।

गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ, वार्ड नं. १ का वडा अध्यक्ष कार्तिकलाल राजवंशी, वडा सदस्यहरु जानुका गौतम, भीम राजवंशी, सुनिता पासवान, समाजसेवी गंगा राजवंशीले संयुक्तरुपमा उनीहरुको घरमै पुगेर शोकमा परेका परिवारलाई राहत रकम प्रदान गरेका थिए ।

असामयिक निधन भएका ६८ बर्षिय सोङ्गो राजवंशीको बाह्रौ पुण्यतिथि र ४८ बर्षिय पवन राजवंशीको नवौं तिथिको अवसर पारेर गाउ“पालिकाले राहत प्रदान गरेका थिए । ‘दुःखको साथी, भरोसा राखौं गाउँपालिका माथि’ भन्ने नाराका साथ गाउँपालिका भरी कुनै परिवारमा मृत्यु सोक परेमा गाउँपालिकाको अनिवार्य उपस्थिति रहने र राहत स्वरुप काजक्रिया खर्च वापत प्रति परिवारलाई १० हजार रुपैया“ उपलब्ध गराउने नीति अनुरुप रकम उपलब्ध गराएको वडा अध्यक्ष कार्तिकलाल राजवंशीले बताएका छन् ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  १ : ३० बजे