१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

साप्ताहिकरुपमा लाग्ने कुञ्जिवारी बजार शनिवार पुर्णरुपमा बन्द रहने


२३ श्रावण २०७७, शुक्रबार  

0
Shares

20200807_171022
फाइल फोटो : गौरीगंज गाउँपालिका वार्ड नं. १ मा रहेको कुञ्जिवारी बजार 

गौरीगंज २३, साउन / गौरीगंज गाउँपालिका वार्ड नं. १ मा साप्ताहिकरुपमा शनिवार लाग्ने कुञ्जिवारी बजार पुर्णरुपमा बन्द राख्ने निर्णय गरेको छ ।
वार्डका जनप्रनिधि, व्यवसायी, स्थानिय प्रहरी र सर्वसाधारणको संयुक्त रुपमा बसेको बैठकले शुक्रवार (आज) घनीभूत छलफल गरी शनिवार लाग्ने कुञ्जिवारी बजार पुर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो ।
कोरोना भाइरसको महामारी दिनानुदिन फैलिइरहेको अवस्थामा बजारको भीडबाडले जोखिम निम्तिन सक्ने भन्दै बजार बन्द गर्ने निर्णय गरेको वार्ड नंं १ का वडा अध्यक्ष कार्तिकलाल राजवंशीले जानकारी गराएका छन् । वार्ड नं. १ कै मुख्य बजारमध्ये कुञ्जिवारी बजार रहेको र उक्त बजार साप्ताहिकरुपमा विशेषतः शनिवार मेलापात गर्नेको भीडभाड अत्यन्तै हुने गरेकोले अर्को सुचना नआउञ्जेलसम्मका लागि बन्द रहने जनाइएको छ । भेलामा वार्ड नं. १ का वडा अध्यक्ष कार्तिकलाल राजवंशी, वडा सदस्यहरु जानुका गौतम, टंक श्रेष्ठ, राजभक्त सुनुवार, भीमप्रसाद राजवंशी, प्रहरी नायव निरिक्षक निर कुमार श्रेष्ठ, स्थानिय व्यापारीलगायत सर्वसाधारणको सहभागिता थियो ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ११ : ५९ बजे