१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंजमा फेरि थप २ जनामा काेराेना संक्रमण भएकाे पुष्टि


२० श्रावण २०७७, मंगलबार  

0
Shares

20200528_210918
गाैरीगंज २०, साउन / गौरीगञ्ज गाउँपालिकामा आज फेरी २ जना नयाँ सँक्रमित फेला परेका छन् ।

गौरीगंंज वडा नं. ५ का २२ र ४४ बर्षका दुई पुरुषहरुमा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य शाखा गौरीगंजका प्रमुख रामचन्द्र मिश्रले बताएका छन् ।
साउन १८ गते भारतबाट अाएका उनीहरूलाई गाैरीगंज गाउँपालिका वार्ड नं. ६ स्थित प्राथिमक स्वास्थ्य केन्द्रकाे नव निर्मित भवनकाे क्वारेन्टाइनमा राखिएकाे थियाे । क्वारेन्टाइनमा रहेका ३४ जनाको स्वाब संकलन गरी पठाएकोमा २ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
उनीहरुलाई उपचारका लागि मेची अस्पताल भद्रपुरको आइसोलेसन सेन्टर पठाउने तयारी भईरहेकाे जनाईएकाे छ ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  १० : ०२ बजे