४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गाैरीगंज क्षेत्रमा साप्ताहिकरूपमा लाग्दै आएकाे बजार हप्ताकाे दुई दिनमात्र खुल्ने


२० श्रावण २०७७, मंगलबार  

0
Shares

20200804_153246
गाैरीगंज २०, साउन / गाैरीगंज क्षेत्रमा साप्ताहिकरूपमा लाग्दै आएकाे बजार हप्ताकाे दुई दिनमात्र खुल्ने भएकाे छ ।

झापा उद्योग बाणिज्य संघ गाैरीगंजले मंगलवार बसेकाे बैठकले हप्ताकाे दुईदिन शनिवार र बुधबार मात्र बजार लाग्ने निर्णय गरेकाे हाे ।
वाणिाज्य संघका अध्यक्ष मखना महताेकाे अध्यक्षतामा बसेकाे बैठकले बजार अाउँदा वा सार्वजनिक स्थानमा अावतजावत गर्ने र व्यवसाय सञ्चालन गर्नेले अनिवार्य मास्क लगाउनु पर्ने, व्यवसाय सञ्चालन गर्नेले निश्चित दुरी कायम गर्ने, व्यवसायीले सावुनपानी , सेनिटाईजर र अनिवार्य मुल्यसूची राख्नु पर्नेलगायतका निर्णयहरू गरेकाे छ । त्यसैगरी साप्ताहिरूपमा लाग्दै अाएकाे सागसब्जी पसल (गुद्री ) दिउसाे ३ बजेदेखि ६ बजेसम्ममात्र लगाउनु पर्ने छ ।
बाणिज्य संघ गाैरीगंजले निर्णय गरेकाे अनुराेधलाई वेवास्ता गरे वा पालना नगरेकाे पाईए जिल्ला प्रशासन कार्यालय झापाले ताेकेकाे बमाेजिम जरिवाना गराईने जनाईएकाे छ ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  ९ : ५० बजे