८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

भारतमा कोरोनाले भयावह रुप लियो, एकैदिन ५२ हजार संक्रमित, ८०३ को मृत्यु


२० श्रावण २०७७, मंगलबार  

0
Shares

20200528_210918
दमक/ भारतमा पछिल्लो समय कोरोना संक्रमणले भयावह रुप लिएको छ । भारतमा २४ घण्टामा ५२ हजारभन्दा धेरै कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् ।
योसँगै भारतमा सङ्क्रमितको सङ्ख्या १८ लाख ५५ हजार ७ सय ४६ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै गएको २४ घण्टामा ८ सय ३ जनाको ज्यान गएसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ३८ हजार ९ सय ३८ पुगेको छ ।
भारतमा लगातार ६ दिनसम्म दैनिक ५० हजारभन्दा धेरै नयाँ सङ्क्रमित थपिएका छन् ।
सङ्क्रमणको हिसाबले भारत विश्वकै अति प्रभावित देशमध्ये तेस्रो नम्बरमा परेको छ ।

यसैबीच भारतको कर्नाटक राज्यका पूर्व मुख्यमन्त्री तथा विधानसभाका विपक्षी नेता सिद्वारमैयालाई कोरोना संक्रमण भएको छ ।
उनले आज आफ्नो ट्वीटरमार्फत् सङ्क्रमित भएको जानकारी दिएका हुन् ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  ८ : ३८ बजे