३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

क्षितिज साहित्य प्रतिष्ठान झापाको अध्यक्षमा साहित्यकार भट्टराई चयन


११ श्रावण २०७७, आइतबार  

0
Shares

ggg

विर्तामोड ११, साउन  /   क्षितिज साहित्य प्रतिष्ठान झापाको अध्यक्षमा साहित्यकार तुलसीप्रसाद भट्टराई चयन भएका छन् ।
क्षितिज नाट्य समूह झापाको अगुवाईमा झापाको बिर्तामोड–१ देवी पञ्चकन्या उत्तरमा निर्माणाधिन बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घरमा  आयोजित साहित्यकारहरुको भेलाले भट्टराईको अध्यक्षतामा क्षितिज साहित्य प्रतिष्ठान झापाको नौ सदस्यीय तदर्थ  समिति गठन गरेको हो ।
क्षितिज नाट्य समूह झापाको उपसमिति अन्र्तगत क्षितिज साहित्य प्रतिष्ठान झापाको गठन गरिएको  क्षितिज  नाट्य समूह झापाका केन्द्रीय  अध्यक्ष  माधब कल्पितले जानकारी  दिए ।
नवगठित समितिको सचिवमा साहित्यकार डिल्लीराम परदेशी रहेका छन् भने सदस्यहरुमा साहित्यकारहरु ताराप्रकाश भट्टराई, जगन्नाथ अधिकारी, सीताराम भट्टराई, बिबेक निशानी, अन्सु सुवेदी, रञ्जन धमला, दुर्गा ओली रहेका छन् ।
झापा नाटक घर निर्माण व्यवस्थापन समितिका संयोजक ज्ञानुराम प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा क्षितिज नाट्य समूह झापाकी  सदस्य देबीमाया प्रसाईंले स्वागत गरेकी थिइन् ।
कार्यक्रममा साहित्यकार तुलसीप्रसाद भट्टराईले औचित्यमाथी प्रकाश पार्दै झापामा साहित्य सृजना गर्दै रहेका नवोदित प्रतिभाहरुको पहिचान गरी उनीहरुका साहित्यिक प्रतिभाको प्रस्फुटन गर्ने उद्धेश्यले क्षितिज साहित्य प्रतिष्ठान झापाको गठन गरिएको बताए ।
क्षितिज साहित्य प्रतिष्ठान झापाको आयोजनामा  हरेक महिनाको अन्तिम शनिबार नियमित रुपमा साहित्यिक कार्यक्रम गरिने उनले वताए ।
निकट भबिष्यमा झापाका सबै पालिकालाई समेट्दै  क्षितिज साहित्य प्रतिष्ठान झापाको कार्यसमिति गठन गरिने उनले बताए ।
कार्यक्रममा झापा नाटक घर निर्माण व्यवस्थापन समितिका संयोजक ज्ञानुराम प्रसाईले लोप हुन लागेको भाषा ,कला र साहित्य  को संरक्षणमा क्षितिज साहित्य प्रतिष्ठान झापाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
त्यस्तै क्षितिज  नाट्य समूह झापाका केन्द्रीय  अध्यक्ष  माधब कल्पितले लोप हुन लागेको भाषा ,कला र साहित्यको संरक्षण र सम्वद्र्धन गर्दै सबै जातजाति तथा भाषाभाषिको सामुहिक  अपनत्व कायम गराउने उद्धेश्यले क्षितिज नाट्य समूह झापाले बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घर निर्माण गरीरहेको बताए । उनले बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घरमा सबै क्षेत्रका श्रष्टालाई अवसर प्रदान गरी उनीहरुका प्रतिभा प्रस्फुटन गराउने बताए ।
सोही कार्यक्रममा क्रिएटिभ नेप्लिज युथकी संस्थापक सदस्य  तथा मनतरंग परियोजनाकी प्रशिक्षक बिञ्जु बरालले अहिले समुदायमा बढ्दै गरेको आत्महत्या र त्यसको न्युनिकरण गर्न युवाले खेल्नुपर्ने  भूमिकाको वारेमा प्रकाश पारेकी थिइन् ।
क्षितिज नाट्य समूह झापाका सदस्य माधव सिटौलाले गीत प्रस्तुत गरेको  कार्यक्रमको सञ्चालन क्षितिज नाट्य समुहका केन्द्रीय अध्यक्ष तथा झापा नाटक घर निर्माण व्यवस्थापन समितिका सचिव माधब कल्पितले गरेका थिए ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  १ : ०५ बजे