१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

एनएमसी गाैरीगंजका प्रमुख लम्सालकाे मृत्यु


४ श्रावण २०७७, आइतबार  

0
Shares

20200719_102421

गौरीगंज ४, साउन /
नेपाल बहुउद्देश्यीय सहकारी (एनएमसी ) गौरीगञ्ज शाखाका कार्यालय प्रमुख प्रदीप लम्सालको माेटर साईकल दुर्घटनामा मृत्यु भएको छ ।

गएराति करिब १०.३० बजे पुर्वबाट पश्चिम तर्फ गईरहेकाे अवस्थामा झापाकाे केर्खा पेट्राेल पम्प नजिक सडकमा रहेकाे राँगासंग माेटरसाईकल ठाेकिदा उनकाे मृत्यु भएकाे हाे ।

झापा गाउँपालिका वडा नं. ६ शराणामती घर भएका लम्साल मे १० प ९८२६ नम्बरकाे मोटरसाइकलबाट गाैरादह आईरहेका थिए । उनी गाैरादहमा डेरा लिई बसेका थिए ।

दुर्घटनामा उनीसँगै मोटरसाइकलको पछाडि सवार एनएमसी शिवगञ्ज शाखाका प्रमुख धर्मेन्द्र सुबेदी गम्भीर घाइते भएका छन् । घाइते सुबेदीलाई उपचारका लागि विराटनगरको नोवेल हस्पिटलमा भर्ना गरिएको छ ।
उनकाे मृतक शरिरलाई पाेष्टमार्टमका लागि दमक अस्पतालमा ल्याएकाे र त्यसकाे रिपाेर्ट पश्चात् दाहसंस्कार गरिने जनाईएकाे छ ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  ४ : ४२ बजे