१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंज १ मा ५ हजार विरुवा वृक्षारोपण


३ श्रावण २०७७, शनिबार  

0
Shares

received_1131843907198796

गाैरीगंज गाउँपालिका वार्ड नं. १ काे रंगियाथान र विर्खे बस्तीकाे बीचमा कन्काई खाेलाकाे बाँधकाे दुवै पट्टि आज वृक्षारोपण गरिएकाे छ । प्रदेश नं. १ लाई हरित क्षेत्र बनाउने अभियान अन्तर्गत उत्त वार्डमा ५ हजार बिरुवा वृक्षारोपण गरिएकाे वार्ड नं. १ का अध्यक्ष कार्तिक लाल राजवंशीले जानकारी गराएका छन् । मलेसियन सखुवा, शिरीष, मसलालगायतका विरूवाहरू वृक्षारोपण गरिएकाे थियाे । वृक्षारोपण कार्यक्रममा वडा अध्यक्ष राजवंशीसहित कार्यपालिका सदस्य भीम राजवंशी, वडा सदस्यहरू जानुका गाैतम, राजभत्त सुनुवार, टंक श्रेष्ठलगायत स्थानिय युवाहरूकाे सहभागिता थियाे ।

received_746831569417471
received_2559718914342120

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  ४ : १२ बजे