४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

कांग्रेसले गर्याे २ सय ९९ सय जनालाई कार्वाही


१ श्रावण २०७७, बिहिबार  

0
Shares

20200716_141539

काठमाडौं १, साउन / नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले हाल सम्म समितिमा आएका १ हजार ३ सय ७५ उजुरीपछि २ सय ९९ जनालाई कारवाही गरेको छ । उनीहरुलाई पार्टी सदस्य नरहने गरी निष्कासनको कारवाही गरेको हो ।
२०७४ सालमा सम्पन्न स्थानीय तह, प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा पार्टीले तोकेका आधिकारिक उम्मेदवारविरुद्ध उठ्ने बागी उम्मेदवार, तिनका प्रस्तावक, समर्थक र आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेल्ने तथा पार्टी निर्णयविरुद्ध निर्वाचनमा लाग्नेमाथि कांग्रेसले कारबाही गर्दै आएको छ । १५ महिना अघि गठन भएको समितिले त्यस यता ४१ पटक बैठक गरेको र बैठकले कूल २ सय ९९ जनालाई कारबाही गरेको छ । समितिमा आएका उजुरीमध्ये १ हजार ५२ जनालाई समितिले स्पष्टीकरण सोधेको छ ।
तल्ला तहका नेता कार्यकर्ता मात्रै कारबाहीमा परेको समितिका सदस्यहरु बताउँछन् । ती कारबाहीको प्रकृति हेर्दा तल्ला तहका नेता कार्यकर्ता मात्रै बढी कारबाहीमा परेका छन् । कार्यविधिअनुसार उजुरी नआएको भन्दै उपल्लो तहका नेताहरूमाथि भने कारबाही प्रक्रिया अघि बढ्न सकेको छैन ।
अनुशासन समितिका संयोजक भिष्मराज आङ्दम्बेले भने पार्टी नेतृत्वमा सहमति भएअनुसार नै समितिको कार्यविधि बनेको र सोहीअनुसार कारबाही प्रक्रिया अघि बढेको बताए ।
‘सहमतिबाट नै कारबाहीको प्रक्रिया अघि बढाउने भन्ने छ । त्यहीअनुसार नेतृत्व तहमा भएका छलफल र सहमतिपछि नै कारबाही अघि बढेका छन्,’ समितिक संयोजक आङ्दम्बेले भने ।
अनुशासन समितिको कार्यविधि नै उजुरी पठाउँदा तहगत रूपमा कारबाही सिफारिस भएर आउनुपर्ने भएका कारण पार्टीका शीर्ष नेताविरुद्ध सिधै आएका उजुरीका विषयमा समितिले कुनै चासो देखाएको छैन ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहिबार  ८ : ३५ बजे