१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंज १ मा ११ घर परिवार विस्थापित , तीन दर्जन बढी घर डुबानमा


२८ असार २०७७, आइतबार  

0
Shares

20200712_193336
गाैरीगंज २८, असार / गाैरीगंज गाउँपालिका वार्ड नं. १ हाेक्कलबारीका ११ घर परिवार विस्थापित भएका छन् । कन्काई र कमल बनियानी खोलाको बाढीका कारण ११ घर विस्थापित भएका छन् भने ३१ घर डुवानमा परेका हुन् ।
गौरीगञ्ज १ मा पर्ने साविक महाभाराको होक्कलबारी तथा बालुबाडी बस्ती डुबानमा परेका हुन् ।

जनप्रतिनिधि, स्थानिय र प्रहरीकाे संयुक्तप्रयासबाट विस्थापित  ११ परिवारलाई त्यहाँ स्थित ईन्द्रणी प्राविकाे भवनमा उद्वार गरिएकाे छ । उनीहरू सबैलाई खाद्यान्न राहत उपलब्ध गराईएकाे बताईएकाे छ ।

गौरीगञ्ज गाउँपालिका वार्ड नं. १ का वडा अध्यक्ष कार्तिकलाल राजवंशीले गएराती होक्कलबारी र बालुबाडीमा खोलाको पानी पसेपछि तीन दर्जन बढी घर परिवार प्रत्यक्ष प्रभावित भएकाेे बताए ।

होक्कलबारीमा २/३ बर्षयताको ठुलो बाढी कन्काई नदीमा आएका कारण बाँध भत्किँदा होक्कलबारीका एक दर्जन परिवारको विजोग भएकाे छ ।

त्यसैगरी शिवसताक्षी नगरपालिका वडा नम्बर ६ का अध्यक्ष मनोज खुलाल कार्कीका अनुसार आईतबार बिहान सो ठाउँका १० घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
इलाका प्रहरी कार्यालय शिवगञ्जको पुर्व तर्फको बस्तीमा बाढी पसेपछि रातीदेखिनै भागाभाग मच्चिएको थियो । यस अघि कन्काईको बाढीका कारण शनिबार सम्ममा शिवसताक्षी १० का ८ घरका ९ परिवार विस्थापित भएका कारण उनीहरुलाई आपतकालिन राहत सामाग्री प्रदान गरिएको नेपाल रेडक्रस सोसाइटी उपशाखा शिवसताक्षीका सभापति नारायण दाहालले जानकारी दिनु भयो । कनकाईमा आईतबार बिहान पानी ३.४७ मिटर उचाइमा बाढी आएको थियो ।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  २ : ०७ बजे