५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

महिला हिंसा विरूद्व गाैरीगंजमा कानुनी प्रशिक्षण


२५ असार २०७७, बिहिबार  

0
Shares

20200709_121445
गाैरीगंज २५, असार / महिला हिंसा विरूद्वकाे कानुन सम्वन्धि एक दिने जनचेतनामूलक कार्यक्रम बुधबार सम्पन्न गरिएकाे छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीकाे सांसद पुर्वाधार विकास बजेटबाट सञ्चालित उत्त क्षमता अभिवृद्धि कार्यक्रमकाे प्रमुख अतिथि नेकपा जिल्ला कमिटि सदस्य तथा गाैरीगंज गाउँ कमिटि सह ईन्चार्ज सिताराम अधिकारी थिए ।

गाैरीगंज गाउँपालिकाकाे वार्ड नं. ३,४, ५ र ६ का करिब ६४ जना सहभागि महिलाहरूलाई लैङ्गकि हिंसा, घरेलु हिंसा, सम्बन्ध विच्छेद, बहुविवाह र त्यसकाे कानुनी उपचार सम्बन्धि बताईएकाे थियाे ।
अखिल नेपाल महिला संघकाे आयाेजना र महिला सञ्जालकाे व्यवस्थापनमा भएकाे कार्यक्रमकाे अध्यक्षता मनिका राईले गरेकी थिइन् भने सहभागीहरूलाई कानुनी किताब दिईएकाे थियाे ।

20200709_105949
गाैरीगंज गाउँपालिकाकाे वार्ड नं. ६ काे सभाहलमा भएकाे कार्यक्रमकाे सहजिकरण केदार ढुङ्गेल, अधिवत्ता लक्ष्मी निराैला, ईलाका प्रहरी कार्यालय गाैरीगंजका प्रहरी निरीक्षक गणेश भट्टराईले गरेका थिए ।

कार्यक्रममा नेकपा गाउँ कमिटि ईन्चार्ज विद्यानन्द राजवंशी, महिला सशक्तीकरण गाैरीगंजकी अध्यक्ष फुलवती राजवंशी, बाबुराम कटुवाल, वार्ड नं. ३ का ईन्चार्ज रूपक श्रेष्ठलगायतले शुभकामना व्यक्त गरेका थिए ।लगायतकाे सहभागिता थियाे । सर्मिला राजवंशीले स्वागत गरेकाे कार्यक्रमकाे सञ्चालन मैना भुजेलले गरेकी थिइन ।

प्रकाशित मिति : २५ असार २०७७, बिहिबार  ६ : ३४ बजे