१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गौरादहका १०१ जनाको स्वाव परीक्षणको रिपोर्ट भोलि आउने, हाल क्वारेन्टाइनमा ६४ जना


२४ असार २०७७, बुधबार  

0
Shares

20200528_210918
गाैरादह २४, असार / गौरादहबाट हिजो ( मंगलबार ) संकलन गरिएको १०१ जनाको स्वाव परीक्षणको रिपोर्ट भोलि ( बिहिबार ) आउने भएको छ ।

नगर स्वास्थ्य शाखाका सह–संयोजक गोविन्द श्रेष्ठले दिएको जानकारी अनुसार संकलित स्वाव परीक्षणका लागि प्रादेशिक प्रयोगशाला विराटनगर पठाइएको छ ।

उपचारका लागि काठमाडौं गएकी गौरादह – १ की महिलामा कोरोना संक्रमण देखिएपछी उनको घर आसपासको क्षेत्रबाट १०१ जनाको स्वाव संकलन गरिएको थियो । हाल गाैरादहकाे विभिन्न ३ वटाा क्वारेन्टाइनमा ६४ जना रहेका छन् । स्कुलचाैन मावि, प्रगति मावि र कृषि क्याम्पसमा उनीहरूलाई राखिएकाेे सह संयाेजक श्रेष्ठले बताए ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  १ : २४ बजे