१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गौरीगंज ६ द्घारा कृषकलाई स्प्रे ट्याङ्की र विपन्नलाई ट्वेल वितरण


२४ असार २०७७, बुधबार  

0
Shares

tanki1

गौरीगंज २४, असार / गौरीगंज गाउँपालिका वार्ड नं. ६ ले यहाँका कृषकहरुलाई स्प्रे ट्याङ्की प्रदान गरेको छ ।
वार्ड कार्यालयले यहाँका ४१ जना कृषकहरुलाई १६ लि. क्षमता भएको स्प्रे स्प्रे ट्याङ्की प्रदान गरेको हो । वार्डको सिलिङ्ग वजेटबाट वास्तविक किसानहरुको पहिचान गरी कृषकहरुलाई स्प्रे स्प्रे ट्याङ्की वितरण गरेको वार्ड अध्यक्ष बद्रीनारायण यादवले जानकारी दिएका छन् । वितरण कार्यक्रममा वार्ड नं. ६ की वडा सदस्य तथा कार्यपालिका सदस्य राधा अधिकारी, वडा सदस्य उदिमकुमार राई, मुकेश कुमार साह र रमकुमारी विकलगायत कृषकहरुको सहभागिता थियो । त्यसैगरी वडा कार्यालयले वडाका १५ जना विपन्न परिवारलाई पानी पिउने ट्वेल वितरण गरेको छ । उनीहरुको अवस्था र घर परिवार संख्या बमोजिम एक परिवारलाई एक ट्वेल वडा कार्यालयले वितरण गरेको वडा सचिव सुमन रेग्मीले बताए ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ३ : ०१ बजे