३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

प्रदेश १ काे चौतर्फी विकासका लागि मन्त्री कार्की सक्रिय


१५ असार २०७७, सोमबार  

0
Shares

20200629_192037

मिलन अधिकारी  

नेपालमा बिषेशगरी नेताकाे जिबनशैलि, उनीहरुकाे साैख र महत्वकांक्षालाई लिएर विभिन्न टीका टिप्पणी हुने गरेका छन् । नेपालमा उच्च तहमा पुगेपछि महगाें गाडी चढनुपर्ने देखि विभिन्न ब्राण्डेड सामान लगाउनुपर्ने र सकेसम्म भुईमा खुट्टा राख्नु नपराेस भन्ने सम्मका कृयाकलाप गरेकाे हामीले देखेका छाैं ।

जनता समयमा जिवनजल खान नपाएर मर्नुपर्ने बाध्याता रहेकाे देशमा नेताहरुबाट हुने यस्ता कृयाकलापले धेरै नेपालीकाे मन अबस्य दुःखेकाे छ , त्यतिमात्र नभएर यसबाट बर्तमान गणतान्त्रिक व्यवस्थाप्रतिनै जनताकाे बितृष्णा बढदै गएकाे समेत स्पष्ट देखिन्छ । त्यसमा पनि सर्बहारा बर्गकाे नेतृत्व गर्छाै भन्दै जनताबाट भाेट बटुलेर सत्तामा पुगेका पार्टीका नेताहरुले गर्ने यस्ता कृयाकलापले धेरै नेपालीहरुलाई अहिले पिराेलि रहेकाे छ ।

त्यसकाे उदाहरण संचार माध्यम, सामाजिक संजालमा र बेलाबेला सडकमै पनि प्रष्ट रुपमा देख्न सकिन्छ । यस्ताे देखि रहदा कहिलेकाहीँ लाग्छ नेपालमा साधारण जिवनशैली भएका उच्च ओहदामा कुनै मान्छे छैनन , नेता भनेका सबै भ्रष्ट हुन । त्यतिमात्र नभएर जनताले अाफ्नाे दु:ख सुखमा साथदिन भनेर चुनेका मान्छे भुईछाेडेर धेरै माथि उड्न थालेकाे महसुस गर्न थालिसकेका छन्।

received_1016319468783241

देशकाे बर्तमान अबस्था र नेताहरुकाे कृयाकलापले निरास हुँदै गरेका जनतालाई हाैसला दिने र याे व्यवस्थाप्रतिकाे विश्वास टिकाउन नेताहरु विशेष गम्भीर बन्नुपर्ने अावश्यकता देखिन्छ । देशका निरास हुँदै गरेका जनताका लागि एउटा अासा प्रदेश १ का अान्तरिक मामिला तथा कानुन मन्त्रि हिक्मत कार्की हुन सक्छन् ।

देशकाे विषम समयमा पनि उनले देखाएकाे सक्रियता र उनकाे साधारण जीवन शैलीले पक्कै पनि केही अाशाबादी बनाउने ठाउँ छ ।
प्रदेश १मा मुख्यमन्त्रि पछि शक्तिशालि मानिएका झापा गाैरादह स्थाई ठेगाना भएका मन्त्रि हिक्मत कुमार कार्की , याे विषम समयमा पनि अाफ्नाे अधिकांस समय जनतासंग दु:ख- सुख बाढ्दै बिताउँछन्।

मन्त्रि कार्की प्रदेश १ भित्र अायाेजना हुने प्रायः कार्यक्रममा पुगेकै हुन्छन्। त्यहाँ उनकाे उपस्थिति मन्त्रिकाे हैसियतमा अाैपचारिकता निभाउन मात्रका लागि हुदैन , प्रदेश सरकारकाे तर्फबाट हुनसक्ने सहयाेग र दिनुपर्ने निर्देशन दुवै प्रभाबकारी रुपमा दिन्छन् ।

received_585162445770372
त्यति मात्र हैन उनी एक किसानकाे छाेराे भएकाेले कृषि कर्ममा पनि उत्तिकै रुचि राख्नुका साथै कृषक संगै हातमा हात मिलाएर संगै काम समेत गर्छन् ।

असार १४ गते अाईतबार बिहान प्रदेश १का आन्तरिक मामिला तथा कानुन मन्त्रि हिक्मत कार्की मन्त्रालय परिसर बिराटनगरमा आँपको बृक्ष रोप्दै थिए । त्यहाँ नेपाल सरकारकाे घोषणा अनुरुप राष्ट्रिय बृक्षारोपण दिवस साथै प्रदेश नं १ सरकारद्वारा प्रदेशब्यापी रुपमा आउदो दशक भरी फलफूल बृक्षारोपण गर्ने नीति अनुसार अाँपको बृक्ष रोपण कार्यक्रमकाे सुरुवात गरिएकाे थियाे । त्यस कार्यक्रममा उनले अाफै बिरुवा राेप्ने ठाउँ बनाएर वृक्ष राेपण गरेका थिए ।

received_711556123024345

बृक्ष राेपन कार्यक्रमले वातावरण संरक्षण र फलफूल उत्पादनमा आत्मनिर्भर बनाउँदै प्रदेशकाे गरिबी निवारण सकारात्मक योगदान गर्ने बताईएकाे छ ।
त्यस लगत्तै १४ गते नै मन्त्रि कार्की जननेता क.मदन भण्डारीको जन्म जयन्ती काे अबसरमा नेकपा मोरङको आयोजना र नेकपा रतुवामाई नगर कमिटीको ब्यवस्थापनमा गरिएकाे वृक्षारोपण कार्यक्रममा सामेल भए ।
उनी ईटहरा स्थित जननेता मदन भण्डारीको घर रहेकाे स्थान छेउमै पर्ने रतुवा खोला वगरको खाली जग्गामा बिरुवा रोप्न पुगेका थिए । त्यस्तै असार १५ अर्थात “राष्ट्रिय धान दिवस” ‘मानो रोपेर मुरी फलाउने दिन’, मन्त्रि कार्की मानसरोवर कृषि सहकारी, दमक-३ र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको संयुक्त आयोजनामा भएको रोपाइँ कार्यक्रममा खेतमा देखिए । उनले त्यहाँ दिवसकाे औपचारिकता मात्र पूरा गरेनन , खेतमा पसेर मेसिनले धान समेत राेपेका थिए ।

received_1203824053293421

त्यसपछि मन्तब्य राख्दै नेपालमा कृषि क्षेत्रको विकास, कृषिमा आत्मनिर्भरता, आयात प्रतिस्थापन र रोजगारी प्रवर्द्धनका लागि व्यवसायिक, आधुनिक प्रविधि र यान्त्रिकरणको प्रयोगबाट उत्पादन र उत्पादकत्वमा वृद्धि गरी युवा पुस्तालाई कृषि क्षेत्रमा लाग्न प्रेरित र प्रोत्साहित गर्नुपर्ने धारणा राखेका थिए ।
यी त उनका सक्रियताका केही उदाहरणहरु हुन्। पछिल्लाे समय मन्त्रि कार्की अधिकांस समय जनता संगै हुन्छन । देशमा र बिषेशगरी प्रदेश १ मा काेराेनाकाे संक्रमण बढेपछि त अझ उनी सक्रिय देखिएका छन् ।
विषम समयमा स्थानिय तहलाई राहत सहयाेग साथै प्रदेशमा भारत लगायत तेस्राे मुलुकबाट आउने नेपालीहरुकाे लागि क्वारेन्टिनदेखि लिएर उनीहरुकाे ब्याबस्थापनका लागि याेजना बनाउने र निर्देशन दिने साथै बाढी राेकथाम र कृषकका समस्या समाधानका लागि उनले गरेका कामहरु प्रभाबकारी देखिएका छन् ।
विद्यार्थी जिवनदेखि राजनीतिमा लागेका र युवा , मन्त्रि कार्कीकाे पछिल्लाे समयकाे सक्रियता निकै महत्वपुर्ण यसकारण पनि छ कि , देशमा काेराेनाकाे महामारी फैलदाे अबस्थामा छ । यस्ताे विषम समयमा मन्त्रि जस्ताे मान्छे सुरक्षाकाे कारण देखाएर मजाले अाराम गरेर बस्न सक्थे। तर देशका अरु जिम्मेवार नेता र मन्त्रिहरु प्रायः निष्क्रिय भएकाे बेला उनी अझ जनताप्रति उत्तरदायी भएर जिम्मेवारी पूरा गरिरहेका छन् ।
देशलाई आवश्यक परेकाे बेला, जनताले अभिभावक खाेजि रहेकाे बेला उनले जनतालाई देखाएकाे अाशालाई किन्चित कम आक्न सकिँदैन । देशमा चाैतर्फि निरासा छाईरहेकाे अवस्थामा उनकाे सक्रियताले प्रदेश १ का जनतालाई केही आशा अवश्य पलाएकाे छ । यस्तै मन्त्रिहरु अन्य केन्द्र , प्रदेश र स्थानिय तहमा हुने हाे भने नेपालकाे बिकास, समृद्धि साथै जनताकाे यस व्यवस्थाप्रतिकाे बिश्वास र उत्साह अवश्य बढ्नेछ ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  २ : ११ बजे