१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नदीनालाहरूमा पानीकाे सतह बढ्याे, नदिकाे तटिय क्षेत्रमा नजान आग्रह


१४ असार २०७७, आइतबार  

0
Shares

FB_IMG_1593261045007
गाैरीगंज १४, असार / केहिदिनकाे अविरल वर्षाका कारण जिल्लाका नदीनालाहरूमा पानीकाे सतह बढेकाे छ । पछिल्लाेसमय माैसम सक्रिय भएसंगै जिल्लाका रतुवा, कमल, बनियानी, कनकाईलगायत नदिनालाहरूमा पानीकाे सतह बढेकाे हाे ।
नदी नालामा पानीको सतह बढेपछि झापाका नौ स्थानीय तह बाढीको उच्च जोखिममा रहेका छन् ।

जिल्लाको शिवसताक्षी, गौरादह, भद्रपुर नगरपालिका लगायत झापा, गौरीगञ्ज, बाह्रदशी, कचनकवल, कमल, गाँउपालिका बाढीको उच्च जोखिममा रहेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापती लोकराज ढकालले जानकारी दिएका छन् । त्यस्तै, भद्रपुर नगरपालिकाको वडा नम्बर १ र २ तथा कनकाई नगरपालिकाका केही वडा बाढीको उच्च जोखिममा रहेको उनले बताए ।
‘सबैभन्दा धेरै झापाको दक्षिणी–पश्चिम क्षेत्र बाढीको उच्च जोखिममा रहेको छ’, सभापती ढकालले भने । कनकाई, रतुवा, बिरिङ्ग मेची, कमल, बनियानी, टाङ्टिङलगायतका खोला तथा नदीबाट सतर्क रहन उनले झापाबासीलाई आग्रह गरका छन् ।

बाढी आएका बेला नदीको तटिय क्षेत्रमा नजान पनि उनले प्रभावित क्षेत्रका बासिन्दालाई अनुरोध गरेका छन् । पुर्वी पहाडी भेगमा निरन्तर बर्षा भएपछि झापाका नदीनालामा पानीको सतह बढेर बाढी आउने गरेको छ ।

जिल्ला विपत पूर्वतयारी प्रतिकार्य योजना अन्तर्गत बाढीबाट प्रभावित बनेकाको खोज, उद्धार तथा राहतका योजना तयार गरेर बिपत व्यवस्थापन समितिमा पेस गरिएको सभापती ढकालले बताए । झापामा २८ वटा साना ठुला नदी भएपनि ८ वटा नदीमा आउने बाढीबाट अधिकतम जोगिनुपर्ने सभापती ढकालले बताएका छन् ।
खोज तथा उद्धार गर्नका लागि श्रोत साधनको क्षमताका बारेमा पनि समितिलाई विश्लेसण सहितको योजना पेस गरिएको छ । प्रभावित क्षेत्रका पालिकाले कम्तिमा १ सय परिवारका लागि गैह्र खाद्यका बस्तु तयारी अवस्थामा राखेको उनले जानकारी दिए ।

बाढीको पूर्वानुमान अन्तर्गत मोबाइल फोनमा म्यासेज गर्ने, नदीमा पानीको बहावको अवस्था मापन गर्ने, बाढी आउने सम्भावना भए आवश्यक सतर्कता अपनाउनु पर्ने बताइएको छ । यसका लागि उद्धार टोली तयारी अवस्थामा रहेको उनले बताए ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  २ : २८ बजे