६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

गाैरादहकाे बजेट ७३ कराेड २३ लाख ८९ हजार


१० असार २०७७, बुधबार  

0
Shares

gauradha nagar sava

गौरादह १० , असार / गौरादह नगरपालिकाले आ.व. २०७७/०७८ का लागि बजेट सार्वजनिक गरेको छ।
गौरादह नगरपालिकाको सभाहलमा उपमेयर गीता भेट्वालले आगामी आ.व. २०७७/०७८ का लागि ७३ करोड २३ लाख ८९ हजारको बजेट आज सार्वजनिक गरेकी छन् ।

छैठौं नगरसभा मार्फत सार्वजनिक गरिएको बजेटमा आय तर्फ केन्द्र सरकार बित्तीय समानिकरण अनुदानबाट १५ करोड ४६ लाख, केन्द्र सरकार राजस्व बाँडफाडबाट १० करोड २६ लाख ८३ हजार, आन्तरिक आयबाट ५ करोड, प्रदेश सरकार समानिकरण अनुदानबाट ७६ लाख १७ हजार, प्रदेश सरकार राजस्व बाडफाड ७५ लाख ५१ हजार, प्रदेश सरकार शर्सत अनुदानबाट १ लाख, प्रदेश सरकार समपुरक अनुदानबाट १ करोड, केन्द्र सरकार समपुरक कोषबाट ३ करोड, केन्द्र सरकार शर्सत अनुदान ३१ करोड ४८ लाख ३८ हजार र चालू बर्षको मौज्दात ५ करोड ५० लाख सहित ७३ करोड २३ लाख ८९ हजारको अनुमानित आम्दानीको बजेट सार्वजनिक गरिएको छ।

20200624_204831
खर्च तर्फ जेसिबी खरिदमा ४५ लाख,वडा संग कालोपत्रे सडक साझेदारीमा ४ करोड ५० लाख, वडा गत योजनामा प्रशासनिक खर्च समेत २ लाखका दरले जम्मा १० करोड ३० लाख,कृषि सम्बन्धि कार्यक्रममा १ करोड ४४ लाख २० हजार, पशु बिकास कार्यक्रममा ७६ लाख २२ हजार,शिक्षा बिकास कार्यक्रममा १ करोड ८ लाख ६० हजार, स्वास्थ्य कार्यक्रममा १ करोड १० लाख महिला बिकास शाखा तथा अन्य लक्षित कार्यक्रम तर्फ २५ लाख, मेयर उपमेयर स्वरोजगार कार्यक्रममा २० लाख, आयुर्वेदमा ९ लाख ९६ हजार, खानेपानीमा ४० लाख, न्यायीक समितिमा १० लाख, खेलकुदमा ४५ लाख, प्रकोप कोष(कोरोना)का लागि ५० लाख,बिपद व्यवस्थापनमा ३० लाख, नगरस्तरिय अन्य योजनामा ८ करोड ६२ लाख ५३ हजार,सशर्त कार्यक्रम (प्रदेश) १ लाख, समपुरक अनुदान(प्रदेश) १ करोड,समपुरक अनुदान(संघिय)३ करोड, सशर्त कार्यक्रममा ३१ करोड ४८ लाख ३८ हजार सहित पूंजीगत खर्च तर्फ जम्मा ६६ करोड ०५ लाख ८९ हजार र चालू खर्च तर्फ ७ करोड १८ लाख सहित कुल खर्च ७३ करोड २३ लाख ८९ हजार बराबरको बजेट सार्वजनिक गरिएको छ।

छैठौं नगरसभामा प्रस्तुत गरिएको निति तथा कार्यक्रम अनुसार बजेट ल्याइएको गौरादह नगरपालिकाका मेयर रोहित कुमार शाहले जानकारी गराए । आ.ब.०७७/०७८ को बजेटले रोजगारी सृजना, उत्पादन बृद्वि,कृषि तथा पशु बिकासमा बिशेष जोड,घरेलु तथा लघु उद्यममा जोड, शिक्षा र स्वास्थ्य, खानेपानी बिकासमा जोड दिई अधिकतम सर्वसाधारणको पहुँच सम्म पुर्याउने,लक्षित बर्गको जीवन स्तर उकास्ने, कोरोना भाइरसको प्रभावित क्षेत्रलाई जोड दिने, दिगो पूर्वाधार बिकासलाई जोड दिने, सुशासन तथा सूचना प्रबिधिलाई जोड दिने, निजी क्षेत्र सँग सहकार्यमा जोड जस्ता उदेश्यहरुलाई प्राथमिकतामा राखेर बजेट तयार गरिएको नगर प्रमुख शाहले जानकारी गराए।

20200624_204919

20200624_204951

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ४ : ३० बजे