६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

दमकमा थप एकजना संक्रमित , दुई महिला पनि थपिए


८ असार २०७७, सोमबार  

0
Shares

20200528_210918

दमक ८, असार / होम क्वारेन्टाइनमा बस्नेहरुमा कोरोनाको संक्रमण देखिने क्रम बढ्दै गएको छ ।

हिजो मेचीनगरका दुईजनामा कोरोना पुष्टि भएलगतै विदेशबाट आएर होम क्वारेन्टाइनमा बसेका दमकका एक पुरुषमा पनि आज कोरोना पोजेटिभ देखिएको छ । दमक ४ बस्ने ३२ वर्षिय ती पुरुष भारतबाट आएर होम क्वारेन्टाइनमा बसेका थिए । होम क्वारेन्टाइनमा बस्ने मेचीनगरका दुईजनामा हिजो कोरोना पुष्टि भएको थियो । त्यस्तै आज भद्रपुरका दुईजना महिलामा पनि कोरोना पुष्टि भएको छ । २७ र ३० वर्षका ती महिला कुवेतबाट आएर हिमाली माविको क्वारेन्टाइनमा बसेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चैलागाईले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ११ : २३ बजे