५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

गौरीगञ्जमा कोरोना संक्रमित १७, निको हुने ४ जना, संक्रमित सबै भारतबाट फर्किएकाहरु


६ असार २०७७, शनिबार  

0
Shares

20200528_210918
गौरीगञ्ज ६, असार / झापाको गौरीगञ्जमा आज थप एक जनामा कोरोना संक्रमण पुष्टि भएसंगै गाउँपालिकामा कोरोना संक्रमितको संख्या १७ पुगेको छ । उनीहरु मध्ये ४ जना कोरोना जितेर घर फर्किएका छन् ।
भारतको हरियाणाबाट एकैसाथ आएका १९ मध्ये ३१ बर्षिय एक जनामा आज संक्रमण पुष्टि भएको हो । एकैघरका तीन दाजुभाई हरियाणाबाट संगै घर फर्किएका थिए । उनीहरु मध्ये एक भाईमा संक्रमण पुष्टि भएपनि अन्य दुई दाजुभाईमा अहिले सम्म कोरोना पोजिटिभ देखिएको छैन । उनीहरु खजुरगाछी माविको क्वारेन्टीनमा आएका पहिलो समुहका भएको गौरीगञ्ज गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जानकारी दिनु भयो ।
जनस्वास्थ्य कार्यालय झापाका फोलक पर्सन जीवन चम्लागाईंका अनुसार आज गौरीगञ्ज गाउँपालिका वडा नं ५ का ३१ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । संक्रमित पुरुष गत जेठ १९ गते भारतको हरियानाबाट आएर खजुरगाँछि माविको क्वारेन्टाइनमा बस्दै आएका थिए ।
संक्रमित भेटिएकाका दाजुभाई ३ जना एकै ठाउँमा बसे पनि पहिलो परिक्षणमा अन्य दुई जनामा कोरोना देखिएको छैन । संगै बसेकाको रिपोर्ट नेगेटिभ आएको अवस्थामा ३ पटक सम्म पीसिआर परीक्षण गरेर मात्रै उनीहरुमा कोरोना भए नभएको आधिकारिक पुष्टि गर्ने गरिएको प्रमुख मिश्रले जनाउनु भयो । आज सो रिपोर्ट आएसंगै खजुरगाछी माविको क्वारेन्टीनमा बसेका तर रिपोटे नेगेटिभ आएका सबैलाई घर पठाइएको छ, तर संगै एउटै कोठामा बसेका दाजुभाईको भने ३ पटक सम्म पीसिआर परिक्षण गरेर मात्रै कन्फर्म गरिनेछ ।
उनीहरु दुई दाजुभाईलाई भने आज प्राथमिक स्वास्थ्य केन्द्र गौरीगञ्जको क्वारेन्टीनमा लगिएको छ । खजुरगाछी माविको क्वारेन्टीनमा आवश्यक सरसफाईका लागि हाललाई खाली गरिएको र वडा नं ३ स्थित गौरीगञ्ज क्याम्पस र वडा नं २ कोरोबारीस्थित एक बोर्डिङ स्कूलमा रहेको क्वारेन्टीन भने अहिले पूर्ण रुपमा खाली छ । त्यहाँ दिनहुँ सरदर १५÷१६ जना भारतीय नाका भएर नेपाल भित्रिने गरेका बताइएको छ ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  ३ : ०२ बजे