४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गौरादह नगरपालिकाको छैठौँ नगरसभामार्फत नीति तथा कार्यक्रम सार्वजनिक


६ असार २०७७, शनिबार  

0
Shares

gauradha nagar sava

गौरादह ६, असार / गौरादह नगरपालिले छैटौं नगरसभामार्फत २०७७/७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्काीको उपस्थितिमा नगर प्रमुख रोहित कुमार साहले आज नगरको एक वर्षे नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
नगर प्रमुख साहले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगरमा स्वास्थ्य एप्स,  पशुपालन, कृषि शिक्षा, नगरका गौरवका आयोजनालगायत पूर्वाधार विकास र अति विपन्न गरिब तथा लक्षित समुहको जीवनस्तर सुधार एवम् युवा स्वरोजगार तथा रोजगारी सिर्जना, विपद् व्यवस्थापन तथा सुशासन, खेलकुद विकास, खानेपानी, सूचना प्रविधि तथा सञ्चार एवम् धर्म संस्कृतिको जगेर्ना लगायतका सर्वाङ्गिण विकास गर्न लिएका नीति तथा कार्यक्रमहरु रहेको बताए ।

नगरसभामा नगर प्रमुख साहले कृषि, पशु र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता राखी उत्पादनमुखी कार्यक्रम ल्याएको बताए । उनले युवाहरुलाई स्वरोजगारमुलक, व्यवसायिक कृषि प्रणालीमा जोड, नगरमा बाली राहत कोष, घाँसको श्रोत केन्द्र स्थापना, नगरबाट सबै प्रकारका करहरुमा केही वर्षलाई छुट, पशु हित कोष स्थापना, नगर शिक्षा ऐन तयारी गरी लागु गर्ने, सांस्कृतिक सङ्ग्रालय स्थापना गर्ने, नगरमा शव वाहन सञ्चालन गर्ने, प्रत्येक वडामा योग तथा फिटनेश सेन्टर स्थापना गर्ने, आँखा अस्पतालहरुसंग समन्वय गरेर निशुल्क उपचार गर्ने व्यवस्था मिलाउने, सबै स्वास्थ्य चौकीहरुमा Birthing Center  स्थापना गर्ने, विपन्न वर्गलाई निशुल्क टयुवल वितरण गर्नेलगायतका मुख्य योजना तथा नीतिहरु रहेको बताए ।

नगरकी उपप्रमुख गिता भेटवालले स्वागत गरेको कार्यक्रममा  प्रदेश नं.१ आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्की, नेपाली कांग्रेस महासमिति सदस्य अनिल कृष्ण प्रसाई, नेकपाका नेता मदन अधिकारी,जिल्ला समन्वय समिति सदस्य चन्द्र सुब्बा, नेकपा गौरादह नगर  अध्यक्ष मित्रदेव काफ्ले, नेकाका नगर सभापति यादवराज सेढाई, राप्रपाका नगर अध्यक्ष शान्तिराम नेपाल, जसपाका अध्यक्ष नितेश्वर झा, गौरादह उद्योग वाणिज्य संघका अध्यक्ष जेवी कार्कीलगयातले शुभकामना मन्तव्य राखेका थिए ।  कार्यक्रममा प्रशासकिय अधिकृत खेम ओझा, कृषि क्याम्पसका प्रमुख, वर्डा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्यहरु, कर्मचारी तथा सुरक्षाकर्मीलगायतको उपस्थिति थियो ।

नगरसभामा नगर प्रमुख रोहित कुमार साहद्वारा प्रस्तुत नीति तथा योजनाहरुको पुर्ण पाठ 

नगरसभा सदस्यज्यूहरु,
जनताकोठूलो संघर्ष र बलिदानबाटप्राप्त संङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ बाट स्थापना भएको गौरादह नगरपालिकास्थानीय सरकारको छैठौं नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने मौका पाएकोमा अत्यन्तै गौरवान्वित भएको छु।यस अवसरमा लोकतन्त्र प्राप्तिका लागि संघर्ष गरि आफ्नो जीवन उत्सर्ग गर्ने महान ज्ञात(अज्ञात शहीदहरु प्रति सम्मान सहित श्रद्वाञ्जली अर्पण गर्न चाहन्छु।गौरादह नगरपालिकाको छैठौँनगरसभासम्म आइपुग्दा नगरपालिकाको सर्वाङ्गीण विकास र हितका लागि योगदान दिनुहुने यस नगरपालिकाका नगरवासी आमा(बुबा, दाजुभाई दिदी(बहिनीहरु, झापा क्षेत्रनं। ५ का संङ्घीय सांसद सम्माननीय प्रधानमन्त्री ज्यू,संङ्घीय सरकार,संङ्घीय सांसद क्षेत्र नं। ४, प्रदेश सरकार, माननीय प्रदेश मन्त्री एवं प्रदेश सांसदज्यूहरु, अहोरात्र कामगरिरहनु भएका सम्पूर्ण जनप्रतिनिधि, कार्यपालिकाका साथीहरु, राजनीतिक दल, कर्मचारी, निजी क्षेत्र तथा सम्पूर्ण संघसंस्था, सुरक्षा निकाय तथा पत्रकारज्यूहरुमा आभार प्रकट गर्न चाहन्छु।
हाल विश्व माहामारीको रुपमा फैलिएको ऋइख्क्ष्म् ज्ञढ बाट पूरा विश्व आक्रान्त भएको र यसबाट हाम्रो देश नेपाल समेत अछुतो नरहेको सर्वविदितै छ।ऋइख्क्ष्म् ज्ञढ को कारणबाट विश्वमै आर्थिक गतिविधि ठप्प जस्तै भएको, मानिसको दैनिक जीवनयापनमा समेत प्रत्यक्ष असर पुगेको,लाखौँ मानिसहरुमा ऋइख्क्ष्म् ज्ञढ बाट संक्रमित भई लाखौँको संख्यामा मृत्युसमेत भएको र यो क्रम अझैद्रुत गतिमावढीरहेको देखिन्छ।यस ऋइख्क्ष्म् ज्ञढ को प्रभावबाट विश्व अर्थतन्त्रले ठूलो मूल्य चुकाउने अवस्था देखिरहेको छ।हाम्रो जस्तो कम विकसित राष्ट्र जसका धेरै आर्थिक गतिविधिविदेश सँग भर परेको अवस्था र यहाँबाट लाखौंको संख्यामा नेपाली युवा रोजगारीको खोजीमा छिमेकी राष्ट्र भारत लगायत खाडी तथा विश्वको अन्य देशहरुमा गएको अवस्था बारेहामी सबै जानकारनै ‍छौँ।यस्तो अवस्थामा हाम्रो गौरादह नगरपालिकाबाट समेत हजारौँको संख्यामा विदेशमा कामको खोजीमा गएका र हाल ऋइख्क्ष्म् ज्ञढको कारण बेरोजगार भई आफ्नो घर फर्किरहेको अवस्था छ।ऋइख्क्ष्म् ज्ञढ को कारण विदेशबाट फर्किएका बेरोजगार र यहाँ उनीहरुसँग आश्रित रहेका परिवारलाई रोजगारी दिने र उनीहरुलाई कामको खोजीमा विदेशिनु नपर्ने अवस्था सिर्जना गर्नुएउटा मुख्य चुनौती थपिएको छ।ऋइख्क्ष्म् ज्ञढ को संक्रमणबाटहाम्रो गौरादह नगरपालिका पनि अछुतो रहेको छैन र छिमेकी राष्ट्र तथा अन्य तेस्रो मुलुकबाट फर्किरहेका हाम्रा नगरवासीमा यो संक्रमणको अवस्था अझ बढीदेखिने अवस्था छ।संक्रमणको अवस्थालाई कम गर्न यसरी विदेश बाट आएका दाजुभाई, दिदीबहिनी हरुलाई सुरक्षित रुपमा क्वारेन्टाइनमा राखी ऋइख्क्ष्म् ज्ञढसंक्रमण भएरनभएको जाँच गराईसंक्रमण नभएकोलाई घर पठाउने व्यवस्था मिलाउने र संक्रमितलाई आइसोलेसन तथा हस्पिटलहरुमा उपचारको लागि पठाउन सकेमा समुदायलाई संक्रमणबाट बचाउन सकिन्छ।जीवन रहे मात्र अन्य कुरा रहनेहुँदा गौरादह नगरवासीको जीवनरक्षा गर्नु नगरको पहिलो प्राथमिकता हो।हामीसँग उपलब्ध स्वास्थ्यकर्मीको सही परिचालन, क्वारेन्टाइनको सही व्यवस्थापन, सबै राजनैतिक दल,जनप्रतिनिधि, सामाजिक संघ संस्था,सुरक्षा निकाय तथा सरोकारवालाहरुबाटहालमा भएजस्तै समन्वय, सहकार्यलाई अझ बढी प्रभावकारी रुपमा अगाडि बढाएमा ऋइख्क्ष्म्ज्ञढ को समस्यालाई धेरैहदसम्म कम गर्न मद्दतमिल्ने देख्दछु।
करीव नब्बे प्रतिशत कृषि र पशुपालमा आधारित जनसंख्या रहेको यस नगरपालिकाको भविष्य पनि यहि कृषि र पशु क्षेत्रको चौतर्फी विकासमा नै हुने कुरा हामी सबैले बुझ्न सक्नुपर्दछ।यसर्थ कृषि र पशुलाई व्यवसायीकरण, उत्पादन तथा रोजगारमूलक एवम् आयआर्जन गर्ने माध्यमको रुपमा उपयोग गर्नु हामी गौरादह नगरवासीको दोस्रो प्राथमिकता देखिन्छ।
गौरादह नगरपालिका २०७२ सालबाट स्थापना भएको नयाँ नगरपालिका भएको कारणले पूर्वाधारको हिसाबले अन्य पुराना नगरपालिकाहरु भन्दा केही पछि रहेको हामी सबै जानकार नै छौँतथापि सबै वडाहरुमा अति आवश्यक सवारीसाधनहरु आवतजावत गर्न सक्ने अवस्था हाल सिर्जना भइरहेको र पूर्वाधारको हिसाबले केही वडाहरुको स्वास्थ्य चौकी, सामुदायिक तथा सहकारी भवनहरु निर्माण भएको र केही वडाहरुमा निर्माणहुने क्रममा रहेका र धेरै सामुदायिक विद्यालयहरुको भवन निर्माण भइसकेका र निर्माण हुने क्रममा रहेका छन्।गौरादह नगरपालिकामा रहेका गौरादह, स्कुलचौन, ग्वालडुव्वा बजार स्तरोन्नति भइसकेको र केही अन्य मुख्य बजारहरु पनि स्तरोन्नति हुने क्रममा रहेका छन। प्रदेश तथा संघको लगानीमा केही ठूला सडक, पुल, कल्भर्ट, बजार व्यवस्थापनका ठूला पूर्वाधारका कार्यहरु अगाडिवढीरहेको हुँदा पूर्वाधारको क्षेत्रमा समेत अबको केही वर्षमा गौरादह नगरपालिका अन्य पुराना नगरपालिकाहरुको दाँजोमा आउन सक्ने देखिन्छ।

नगरसभा सदस्य ज्यूहरु
अब म गौरादह नगरपालिकाबाट आगामी वर्ष ०७७र०७८ मा लिइनेनीतिहरु प्रस्तुत गर्ने अनुमति चाहन्छु।
सीमित श्रोत साधनबाटजनताको स्वास्थ्य, कृषि, पशुपालन, शिक्षा,नगरकागौरवका आयोजना लगायत पूर्वाधार विकास रअति विपन्न गरीब तथा लक्षित समूहको जीवनस्तर सुधार एवम् युवा स्वरोजगार तथा रोजगारी सिर्जना,विपद् व्यवस्थापन तथा फोहोरमैला व्यवस्थापन, सुशासन,खेलकूद विकास, खानेपानी, सूचना प्रविधि तथा सञ्चार, सामाजिक सुरक्षा एवम् धर्म संस्कृतिको जगेर्नागरि नगरको सर्वाङ्गीण विकास गर्न लिएका नीतिहरु यस गरिमामय सभामा पेशगर्ने अनुमति चाहन्छु।

स्वास्थ्य तथा खानेपानी
१। COVID 19  को महामारीलाई ध्यानमा राखी नगरपालिकाको निश्चित क्षेत्रमा क्वारेन्टाइन, होल्डिङ् तथा आवश्यकता अनुसार व्यवस्थित आइसोलेसनकोव्यवस्था मिलाइने छ।
२। COVID 19 लगायत अन्य सरुवा रोग नियन्त्रणको लागि गठन भएको नगरस्तरीय तथा वडा स्तरीय Rapid Response Team(RRT),  रोग निदान तथा खोजी (Contact Tracing) को लागि Case Investigation and Contact TracingTeam लाई निरन्तरता दिइनेछ।
३। सरुवा रोग नियन्त्रणका लागि डाक्टर तथा जनस्वास्थ्य विज्ञहरुको आवश्यक व्यवस्था मिलाइने छ।
४। महामारीमा Frontline मा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतका कर्मचारीहरुको व्यक्तिगत सुरक्षाको लागि आवश्यक सामाग्री तथा बीमाको व्यवस्था मिलाइनेछ।
५। स्वास्थ्यसम्बन्धीजानकारी तथा सूचना जनतासम्म पुर्र्याउन तथा जनताबाट आवश्यक जानकारी लिन नगरपालिकाले हाम्रो नगर स्वास्थ्य Apps सञ्चालनमा ल्याउने छ।
६। खोपसेवालाई प्रभावकारी बनाउनका लागि हाल व्यक्तिको घरमा सञ्चालनमा रहेका खोप क्लिनिकलाई व्यवस्थित गर्न नगरपालिकाबाट आफ्नै स्वामित्वको खोप केन्द्र निर्माण गरिनेछ।
७। बाल स्वास्थ्य कार्यक्रमलाई प्रभावकारी वनाउन, नगरलाई कुपोषणमुक्त नगर बनाउन, गर्भावस्था देखि  Iron, calcium वितरण कार्यक्रमलाई निरन्तरता दिइनेछ।
८। घरमा हुने सुत्केरी दर घटाउन Zero Home Delivery  नगरपालिका वनाउन० का लागि सबै स्वास्थ्य चौकीहरुमा Birthing Center  स्थापना गर्ने, सुत्केरी पोषणभत्ता कार्यक्रमलाई निरन्तरता दिने तथा नजीकको अस्पतालसम्म पुग्न निशुल्क एम्बुलेन्स सेवाको व्यवस्था मिलाइनेछ।
९। नगरपालिकाबाट विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम मार्फत्किशोर(किशोरीमैत्री शिक्षा सञ्चालन, सामुदायिक तथा निजी विद्यालयहरुका विद्यार्थीहरुको नियमित शारीरिक परीक्षण ९दाँत, मुख, आँखा० कार्यक्रमलाई अगाडि बढाइनेछ।
१०। विभिन्न रोगहरुको पहिचानको लागि नगर स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य चौकीहरुमा ल्याब सेवा सुचारु गरिने छ।
११। जेष्ठ नागरिक, अपाङ्ग, बालबालिका तथा महिला लक्षित स्वास्थ्य शिविरहरु९प्रोस्टेट, मुटु रोग, मोतिविन्दु, स्तन तथा पाठेघर क्यान्सर, पाठेघर खस्ने जस्ता०विभिन्न अस्पतालहरुसँग समन्वय गरि सञ्चालनमा निरन्तरता दिइनेछ।
१२। ठूला रोगहरु९मुटु, किड्नी, क्यान्सर, मस्तिष्कघात, स्पाइनल इन्जुरी जस्ता० रोगकालागि अस्पतालसम्म पुग्न सक्ने अवस्था नरहेका अति विपन्न गरीब जनतालाई अस्पतालसम्म जान आउनका लागि आवश्यक सहयोगको व्यवस्था मिलाइने छ र यस्ता रोग र विपन्न वर्गलाई आवश्यक औषधीको समेत व्यवस्था मिलाइने छ।
१३। महिला स्वास्थ्य स्वयंसेविकाको सेवालाई अझ वढी प्रभावकारी बनाउन आवश्यक व्यवस्था मिलाइने छ।
१४। सबै नगरवासीहरुलाई स्वास्थ्य वीमा गर्न उत्प्रेरित गरिने छ एवम् अति विपन्न परिवारको हकमा नगरपालिकाले निशुल्क स्वास्थ्य बीमा गर्ने व्यवस्थाको सुरुवात गरिनेछ।गौरादह अस्पतालबाटै स्वास्थ्य वीमाको अन्य अस्पतालमा रेफर गरिने व्यवस्था मिलाइनेछ।
१५। नगरपालिकामा रहेको एम्बुलेन्सलाई चौवीसै घण्टा सेवा दिने व्यवस्था मिलाउने र थपएउटा शववाहन सञ्चालनमा ल्याउने व्यवस्था मिलाइनेछ।
१६। गौरादह स्वास्थ्य चौकी १५ बेडको अस्पतालमा स्तरोन्नति भइसकेकोले आवश्यक पूर्वाधार निर्माणको व्यवस्था मिलाइनेछ।साथै मापदण्ड पुरा भएका स्वास्थ्य चौकीहरुलाई स्तरोन्नति गर्न आवश्यक पहल गरिनेछ।
१७। निजी क्षेत्रबाटगौरादह नगरपालिकाभित्र विज्ञसहितको स्तरीय हस्पिटल स्थापना गरि सञ्चालनमा ल्याउन आवश्यक कर छुट निश्चित अवधि सम्म दिईउत्प्रेरित गरिनेछ।
१८। नगरपालिका भित्र कोही नगरवासी, आमाबुबा, दाजुभाई दिदी(बहिनीहरुआँखामा लाग्ने मोती विन्दु, जलविन्दुर एतभचथनष्गmरोगबाट अन्धोहुनु नपरोस् भनी जनतासँगनगरपालिका कार्यक्रमसञ्चालनमा ल्याउन कोष खडा गरि नजिकका आँखा अस्पतालहरु सँग समन्वय गरि निशुल्क उपचार गर्ने व्यवस्था मिलाइने छ।
१९। प्रत्येक वडामा कम्तीमा एउटा योग तथा फिटनेश सेन्टर स्थापना गरिनेछ।
२०। सरसफाईका लागिविभिन्न सचेतनामूलक कार्यक्रमसार्वजनिकस्थलहरु ९विद्यालय, मन्दिर, बजार, टोलबस्ती० तथा नगरवासीहरुलाई जानकारी गराउने गरि प्रचारप्रसार गरिने कार्यलाई निरन्तरता दिइनेछ।
२१। सबै जनतालाई स्वच्छखानेपानीको व्यवस्था मिलाउन नगरमा सञ्चालनमा रहेका खानेपानी संस्थाको क्षमता वृद्वि गर्ने र निर्माणाधीन तथा सञ्चालनमा नरहेका खानेपानी संस्थालाई आवश्यक निर्माण तथा मर्मतसुधार गरि सञ्चालनमा ल्याइने व्यवस्था मिलाइने छ।गरीब तथा विपन्न वर्गका जनतालाई खानेपानीको सेवा पुर्र्याउन खानेपानी संस्थासँग आवश्यक सहकार्य गरि कार्यक्रम अगाडि बढाइने छ।
२२। खानेपानी संस्थाबाट सेवा नपुगेका, भूमिगत कल, ट्यूवेलको सुविधाबाट खानेपानीको उपभोग गर्न नसकेका अति विपन्न वर्गलाई निशुल्क कल ट्युवेल वितरण गरिने व्यवस्था मिलाइनेछ र सबै भूमिगत खानेपानीको स्वच्छता मापन गर्ने व्यवस्था मिलाइने छ।

कृषि, पशुपालन तथा सहकारी
कृषि
१। आधुनिक,उत्पादनमुखी, रोजगारमूलक, व्यवसायिक कृषि प्रणालीमा जोड दिइनेछ।साथै तीनवाली उत्पादन तथा जमीन बाँझो राख्न नपाउने नीति लिइनेछ। जमक्ष्न बाँझो राख्नेलाई निरुत्साहन गर्न आवश्यक व्यवस्था मिलाइनेछ।
२। कृषि, बाली उत्पादन तथा छनौटको लागि नगरपालिका भित्रका सबै माटोको परीक्षण गरि आवश्यकता अनुसार उपचारको व्यवस्था मिलाइने छ।यसका लागि यस नगरपालिकाभित्र सञ्चालनमा रहेका गौरादह कृषि क्याम्पस, पूर्वाञ्चल कृषि क्याम्पसमा र माटो परीक्षण प्रयोगशाला, सुरुङ्गासँगआवश्यक समन्वय र सहकार्य गर्ने व्यवस्था मिलाइने छ।
३। कृषकले लगाएको बालीमा विभिन्न रोग, बाढी तथा किराले क्षति पुर्र्याईकृषकको बाली नोक्सानीहुने गरेको यथेष्ट उदारहणहरु रहेका छन्,जसका कारण कृषकलाई खेतीमा नैराश्यता छाएको नगरपालिकाले महसुस गरेको छ।यस्तो क्षतिबाट कृषकलाई राहत पुर्र्याउन कृषकको समेत सहभागिता गराई नगरपालिकामा बाली राहत कोष खडा गरि कार्यविधि बनाई सञ्चालनमा ल्याइने छ जसबाट कृषकलाई खेती गर्न थप उत्साह मिल्नेछ।
४। सामूहिक खेती प्रणालीलाई प्रोत्साहन गरि कृषिमा यान्त्रिकीकरणमा जोड दिइनेछ,साथै त्यस्ता कृषियन्त्र पहिचान गरि सर्वसुलभ कृषकसम्म पुर्र्याउने व्यवस्थामिलाइने छ।यसका लागि निजी क्षेत्रसँग सहकार्य गरि नगरभित्र एक कृषि यान्त्रिकरण युनिट स्थापना गरिने छ।
५। COVID 19 का कारण छिमेकी राष्ट्र भारत तथा तेश्रो मुलुकबाटरोजगारी गुमाई स्वदेश फर्केका तथा नगरपालिका भित्रै रोजगारीको खोजीमा रहेका युवाहरुलाई समेटेर भविष्यमा विदेशमा रोजगारीको लागि जानु नपर्ने वातावरण सिर्जना गर्न त्यस्ता युवाहरु सँग भएको सीप र ज्ञानको पहिचान गरि व्यवसायिक तरकारी तथा फलफूल ९च्याउ, स्ट्रवेरी, कुरिलो, मेवा, केरा, प्याज, खोर्सानी, लसुन, ड्रयागन फ्रुट्स, खर्बुजारतर्बुजा, कागती, करेला, आलु० जस्ता खेती गर्न उत्साहित गरिनेछ। यसका लागि नगरपालिकाले उचित जग्गा खोजी गर्न सहजकर्ताको काम गर्ने तथा आवश्यक पानी, बिजुली,बीउबीजन तथा उपकरणको समेत व्यवस्था मिलाउँदै लगिनेछ।यसको लागि युवा कृषि उद्यम कोषको स्थापना गरि सञ्चालनमा ल्याइने छ।
६। ऋयखष्म ज्ञढ को कारणकृषकबाट उत्पादित तरकारीहरुबजार नपाएर खेतमै बिग्रिएर सडेगलेको देखिएका उदारहणहरु छन्। यस्तो अवस्था भविष्यमा फेरि नदोहोरियोस्भन्नका लागि उत्पादितकेही जातका तरकारीहरुलाईसुकाएर प्याकेजिङ्ग गरि बाह्रै महिनाबजारमा ल्याउन सकिनेआवश्यक व्यवस्था मिलाइने छ।
७। व्यवसायिक तरकारी खेतीलाई प्रोत्साहन गरिनेछ, यसका लागि उन्नत जातका बीउबीजन उपलब्ध गराउनुका साथै कृषकले उत्पादनगरेका तरकारीबजारसम्म पुर्र्याउन ठाउँ ठाउँमा भण्डारण तथा चिस्यान केन्द्रहरु निर्माण गरिदै लगिने छ।
८। बर्खे धान लगाउन पर्याप्त सिँचाइको व्यवस्था नहुनु, धान काटिसकेपछिसुकाउने ठाउँको उपलब्धता नहुनु तथा भण्डारणको उपयुक्त व्यवस्था नहुँदा कृषकले उचित मूल्य नपाउने कारण बर्खे धान खेतीमा कृषकको आकर्षण कम हुने एउटा मुख्य कारण पनि हो।यस समस्याको सामधानको लागि कृषकहरुलाईआवश्यक वोरिङ वितरण, धान सुकाउने ठाउँको निर्माण तथा भण्डारण गर्ने स्थान र प्रविधि समेतकोआवश्यक सुरुवात गरिने छ।
९। उन्नत जातको धान, मकैको बीउतथा प्रविधिमाकृषक आफैले उत्पादन गर्न सक्ने व्यवस्था मिलाउनका लागि आवश्यक बीउ तथा प्रविधि उपलब्ध गराइने छ।
१०। स्थानीय उत्पादनको बजारीकरण तथा प्रवर्धन गर्न मुख्य बजारहरुमा कोसेली घरको स्थापना, मुख्य बजारहरुमा स्थानीय द्वारा उत्पादित तरकारी बेचबिखन गर्ने छुट्टै पहिचान सहितको विक्री कक्षको स्थापना र गौरादहमा रहेको निर्माणधीन कृषि थोक बजारको आवश्यक पूर्वाधार तयार गरि सञ्चालनमा ल्याइनेछ।
११। नगर तथा वार्ड स्तरमाअगुवा कृषकहरुको संगठन निर्माण गरि कृषिका प्रविधि र सेवा सुविधाका सम्बन्धमा कृषकमाझ पुर्र्याउने माध्यमको रुपमा परिचालनगरिदै लगिनेछ।
१२। गौरादह नगरपालिकाभित्र रहेका गौरादह कृषि क्याम्पस तथा पूर्वाञ्चल कृषि क्याम्पससँग बाली विकास तथा कृषिका सबै क्रियाकलापमा आवश्यक सहकार्य र समन्वय गरि कृषकहरुलाई बढी भन्दा बढी लाभ लिने वातावरण तयार गरिने छ।
१३। ठाउँ ठाउँमा एकिकृत नमूना कृषि फर्म निर्माण गर्न कृषकलाई प्रोत्साहन गरि कृषि प्रविधिको प्रचारप्रसारमा जोड दिइने छ।यस्तो फर्म निर्माणमा निजी क्षेत्र, अगुवा कृषक एवम् विदेशमा कृषि ज्ञान सीप सिकेर आएका युवाहरुलाई प्रोत्साहन गरिने छ।
१४। फलफूल तथा तरकारी९च्याउ, केरा, भुइँकटहर, आलु, प्याज, अदुवा, लसुन, कुरिलो, माछा, मौरी० जस्ता कृषि उत्पादनकोविकासका लागिनगरभित्र संभाव्य पकेट क्षेत्र पहिचान गरि घोषणा गरिने छ।
१५। सामुदायिक मौरीपालन कार्यलाई प्रोत्साहन गरि मौरीको घारमा केही अनुदानको व्यवस्था मिलाइने छ।
१६। कृषि तथापशुविकास क्षेत्रमा कृषकलाई प्रोत्साहन गर्न आवश्यक क्षेत्र पहिचान गरि कार्यक्रम सञ्चालन गरिनेछ र यसका लागि आवश्यक प्राविधिकको व्यवस्था मिलाइनेछ।
१७। बीउबीजन तथा मलखादमा आवश्यक अनुदानको व्यवस्था मिलाइने छ।गौरादह नगरपालिका भित्र धान, मकै तथा माछा उत्पादनको अनुसन्धान केन्द्र स्थापनाको लागि आवश्यक पहल गरिनेछ।

पशुपालन
१। COVID 19  बाट प्रभावित भई विदेशमा रोजगारी गुमाई आफ्नो घर आई बसोबास गरेका बेरोजगार युवाहरु तथा यहीँ रोजगारीको खोजीमा रहेका युवाहरुलाई व्यवसायिक रुपमा पशुपक्षी पालन गर्न आकर्षण गरिने छ।यसका लागि उन्नत जातका बाख्रा, बोका,वङ्गुर, कुखुरा , कालो सुँगुर, माछा, टर्की, कालिज, अस्ट्रिच, गाई, भैँसी,राँगापालन गराउन त्यस्ता युवाहरुको पहिचान गरिव्यावसायिक रुपमा लाग्न प्रेरित गरिने छ।यसका लागि युवाहरुको समूह बनाई व्यवसायिक फर्म दर्ता गर्ने, आवश्यकता अनुसार उन्नत जातका वीउ तथा गोठ सुधारका कार्यक्रम बाट सहयोग उपलब्ध गराइनेछ।
२। व्यवसायिक रुपमा पशुपक्षी तथा माछापालन गर्दा ठूलो मात्रमा दाना आवश्यक पर्ने र समयमानै दाना उपलव्ध नहुँदा पशुपक्षीको उत्पादकत्वमा ह्रास आउने एवम् मर्न पनि सक्ने अवस्था आउने हुँदा सो समस्या बाट उन्मुक्ति दिलाउन प्रत्येक वडामा कम्तिमा एउटा ९मध्यम तथा साना खालका०दाना उत्पादन गर्ने मेसीन तथा स्लाइस मेसीनसमूह तथा फर्ममा रहने गरि आवश्यक कार्यविधि बनाई उपलब्ध गराइने छ।
३। व्यवसायिक लोकल कुखुरा पालन गर्ने कृषकहरुलेहाल चल्ला खरीदगर्दा अन्य जिल्लाबाट खरीदगर्नु पर्ने जसले गर्दा चल्ला खरीद मूल्य वढी पर्ने र समयमा उपलब्ध समेत हुन नसक्ने भएको हुँदानगरपालिका भित्रचल्ला उत्पादन गर्नेमध्यम खालको ह्याचरी मेसीन निजी तथा सहकारी संघ संस्थाहरुसँग साझेदारीमा सञ्चालनमा ल्याईनेछ।यस बाटकुखुराको चल्लामा हाल कृषकले खरीदगरिरहेको मूल्यमा कमी आउने लक्ष लिइएको छ।यस्ता किसिमका मेसीन खरीद गरि व्यवसायिक रुपमा ह्याचरी सञ्चालन गर्न निजी क्षेत्रलाई समेत प्रोत्साहन गरिने छ।
४। गाई, भैंसी, बाख्राको नस्ल सुधार गर्न अनिवार्य रुपमा कृत्रिम गर्भाधान गर्ने रणनीति लिईनगरपालिकाबाट नै सामन्य लागतमा सेवा उपलब्ध गराइने छ।
५। अनिवार्य रुपमा पशु बीमा गर्न उत्प्रेरित गरिने छ।यसका लागि नगरपालिकाबाट कृषि, सहकारी लगायत संघ संस्था मार्फत बीमा गर्ने कार्यमा सहकार्य गरिनेछ।
६। व्यवसायिक रुपमा कृषि तथा पशुपालनमा काम गर्ने युवाहरुलाई विभिन्न बैंक,सहकारी तथा वित्तीयसंस्थाहरु सँगसरल कर्जा पाउन सक्ने वातावरण तयार गर्न त्यस्ता वित्तीयसंस्थाहरु सँगनगरपालिकाले आवश्यक छलफल अगाडि बढाउने छ।
७। सहकारी तथा कृषि समूह मार्फत नगरका आवश्यक ठाउँहरुमा दुध संकलन केन्द्र स्थापना गरेर किसानलाई बजारको सरलीकरणको व्यवस्था मिलाइने छ।
८। निजी क्षेत्र सँग समन्वय गरि दुध तथा दुग्ध परिकार उत्पादन गर्ने साना तथा मझौला उद्योगहरु स्थापना गरि सञ्चालनमा ल्याउनप्रोत्साहन गरिने छ। यसका लागि नगरपालिका बाट सबै प्रकारका करहरु केहीवर्षका लागि छुट दिने व्यवस्था मिलाइनेछ।
९। पशुजन्य पदार्थको गुणस्तरीय उत्पादन, प्रशोधन, विविधीकरण र बजारीकरणमा प्राथमिकता दिदै वडा तहहरुमा सेवा९पशु सेवा तथा कृषि सेवाका०केन्द्रहरु बिस्तार गरि रोग निदानका लागि प्रयोगशाला सेवा विस्तार गरिने छ।
१०। माछाका भुरा गौरादह नगर क्षेत्र भित्रै उत्पादन गर्न गौरादह कृषि क्यापस, पूर्वाञ्चल कृषि क्यापस, निजी क्षेत्र तथा माछापालक व्यवसायी कृषकहरु सँगको सहकार्यमा आवश्यक व्यवस्था मिलाइने छ।
११। गौरादह नगरपालाका भित्रै घाँसको श्रोत केन्द्र स्थापना गर्ने व्यवस्था मिलाइनेछ।
१२। छाडा कुकुरबाट नगरवासीको पशुधनमा क्षति पुर्र्याइरहेको, यसबाट कृषकको लाखौंको नोक्सानी भएको कुरालाई मध्यनजर गरि छाडा कुकुर नियन्त्रण गर्न, बन्ध्याकरण गर्न शिविर सञ्चालन गरिनेसाथै कुकुर पाल्न अनिवार्य अनुमति लिनु पर्ने व्यवस्थाको सुरुवात गरिनेछ।कुकुर नियन्त्रण भई नसक्दा सम्म आ।व २०७७र०७८ बाट नै कुकुरको टोकाई बाटकृषलाई पर्न गएको क्षतिमा केही हद सम्म राहत दिन नगरपालिकामा पशु हित कोष स्थापना गरि कार्यविधि वनाई लागूगरिने छ।
१३। वाख्राको नस्ल सुधारका लागि सबै वडाहरुमा वाख्रापलक किसान, फर्म तथा समूहहरुमाबढी भन्दा बढी बोयर जातका बीउ बोका वितरण गर्ने नीति लिइनेछ।
१४। किसानहरुलाई प्रदान गरिने सेवा प्रभावकारिताका लागि पशु तथा कृषि सेवा कार्ड प्रयोगमा ल्याइने छ।गाई तथा भैँसीको नस्ल सुधारको लागि कृत्रिम गर्भधान बाटपशु वच्चा जन्मेमा पशु सुत्केरी पोषण भत्ता सञ्चालनमा ल्याइने छ र पशु रोगको निशुल्क उपचार सेवालाई निरन्तरता दिइनेछ।
१५। संचालित पशु बजारलाई व्यवस्थित गराउने र गौरादहमा आवश्यक बधशाला निर्माण गर्ने कार्य थालिने छ।

शिक्षा, युवा तथा खेलकुद
शिक्षाः
केही विद्यालय छोडेर देशै भरका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर, पूर्वाधार विकास, शिक्षकहरुको उपयुक्त व्यवस्थापन नभएका कारण सामुदायिक विद्यालयहरुको सर्वाङ्गीण विकासमा ह्रास आएको र आभिभावकहरुले आफ्ना बालबालिका लाई सामुदायिक विद्यालयमा भन्दा संस्थागत विद्यालयहरुमा पढ्न पठाउने गरेका कारण धेरै सामुदायिक विद्यालयहरुमा विद्यार्थीको उपस्थिति समेत न्यून रहेको देखिन्छ।सिंगो राष्ट्रले लगानी गरेर अध्यापन गराउने सामुदायिक विद्यालयहरुको अवस्था यस्तोहुनु अत्यन्त दुःखको कुरा हो।यसर्थ के कति कारणबाट सामुदायिक विद्यालयहरुमा विद्यार्थी तथा अभिभावकको आकर्षण हुन नसकेको हो त्यसको पहिचान गरि शैक्षिक गुणस्तर लगायत सबै पक्षको सुधारको लागि आवश्यक अल्पकालीन तथा दीर्घकालीन शैक्षिक सुधार कार्यक्रम लागु गरि सबै समुदाय तह र तप्काका बालबालिका पढ्ने र पढाउन सक्ने वातावरण तयार गरि सामुदायिक विद्यालयको खस्केको शाखलाई माथि उठाउने र संस्थागत विद्यालयलाई समेत गुणस्तर लगायत अन्य शैक्षिक सुधार कार्यक्रममा सगै लान अपरिहार्य देख्दछु।अत शिक्षाको विकासको लागि तपसिलका नीतिमा जोड दिएको छु।
१। शैक्षिक गुणस्तर सुधारमा जोड दिई प्राविधिक शिक्षालयको विकास प्रर्वधन, व्यवसायिक सीपयुक्त जनशक्तिको विकासमा ध्यान दिदैँसबैसामुदायिक विद्यालयहरुमा कम्प्यूटर शिक्षा,प्राथामिक विद्यालय तह बाटै अग्रेजी पढाइ स्तरिकरणको व्यवस्था एवम्,सबै विद्यालयहरुमा बाल मैत्री प्लेग्रुप कक्षा सञ्चालनको व्यवस्था मिलाइने छ।यसका लागि आवश्यक जनशक्तिको व्यवस्था मिलाइनेछ।
२। नगर भित्रका विद्यालयको हालको भौतिक अवस्थाको अध्ययन प्रतिवेदन तयार गरि सो का आधारमा विद्यालयको भौतिक पूर्वाधार विकासलाई आधुनिकीकरण गरि बाल मैत्री सिकाइ वातावरण तथा प्रयोगात्मक सिकाईका लागि उपयुक्त भौतिक पूर्वाधारको विकास गरिनेछ।
३। अन्तर विद्यालय सिकाइ आदन(प्रदान एवम् विद्यालयलाई सूचना र प्रविधि मैत्री बनाइदै लगिने छ।
४। गुणस्तरीय शिक्षाका लागि भर्ना अभियान, अतिरिक्त कक्षा सञ्चालन, विद्यार्थी सहयोग जस्ता पक्षमा प्रोत्साहन तथा सहयोगमा आधारित कार्यक्रम सञ्चालन गरिने छ।
५। नगरमा रहेका धार्मिक विद्यालयहरुलाई शैक्षिक मूल प्रवाहमा प्रवाहीकरण गर्नुका साथै धार्मिक विद्यालयको भौतिक तथा शैक्षिक सुधार गर्ने नीति अबलम्बनगरिने छ।
६। फरक क्षमता९अपाङ्गता०भएका सामुदायिक तथा संस्थागत विद्यालयका बालबालिकाहरुका लागि फरक क्षमता मैत्री, भौतिक पूर्वाधार तथा अन्य सुधारका नीति अबलम्बनगरिनेछ।
७। नगर शिक्षा ऐनको अभावको कारण विद्यालय व्यवस्थापनका विविध पक्षहरुमा सहजीकरण ल्याउन अप्ठ्यारो भएको हुँदा नगर शिक्षा ऐन तयारगरि लागूगरिनेछ।
८। प्रारम्भिक वाल विकास राष्ट्रिय पाठ्यक्रम सँग सामञ्जस्यता कायम गर्दै स्थानीय आवश्यकतालाई समेटी आधारभूत तथा माध्यमिक तहको लागि स्थानीय पाठ्यक्रम निर्माण गरि लागु गर्ने नीति अबलम्बन गरिनेछ।
९। नगर भित्रका अभिभावक विहीन अभिभावकत्व गुमाएका बालबालिकाहरुलाई शैक्षिक पहुँच बनाई राख्न संरक्षकत्वको व्यवस्था मिलाउन पहल गरिनेछ।
१०। नमूना विद्यालय विकासको अवधारणालाई प्रारम्भिक तयारीको रुपमा आधारभूत तहका विद्यालयहरुलाई नमुना विद्यालय तोकी प्रभावकारी रुपमा संचालन गर्न प्रोत्साहन अनुदान मार्फत विद्यालयको शैक्षिक तथा भौतिक व्यवस्थापनमा सुधार गर्न परामर्शदाता मार्फत विद्यालयको शैक्षिक व्यवस्थापन र प्रशासनिक सुधार गरिनेछ।
११। आधारभूत तहको अन्तिम परीक्षालगायत अन्य कक्षाहरुको स्तरमापन, परीक्षा र मूल्याङ्कन प्राणालीलाई सुधार गर्दै शैक्षिक गतिविधिहरुलाई सुसूचित गराउन शैक्षिक क्यालेन्डर, बुलेटिनको प्रकाशन तथा प्रसारणलाई निरन्तरता दिइनेछ।
१२। नगरवासीलाई पायक पर्नेगरि कुनै एउटा माध्यमिक विद्यालयमा९ओभरसियर, अमीन, पशु सेवा० जस्ता प्राविधिक शिक्षा आवश्यक प्रकृया पुरा गरि अध्ययन(अध्यापन गराउने व्यवस्था मिलाइने छ।

युवा तथा खेलकुदः
१। नगर खेलकूदलाई प्रभावकारी बनाउन नगर, वार्ड तथा विद्यालयहरुमा रहेकास्काउट, बालक्लव तथा अन्य खेलकूद विशेष क्लवहरुलाई सक्षम बनाउदै तिनको परिचालन द्वारा युवा तथा बालबालिकाहरुका लागि आवश्यक खेलकूदका क्रियाकलापहरु सञ्चालन गरिने छन्।
२। खेलकूदलाई बालबालिकाहरुको स्वास्थ्य सँग जोडी युवाहरुको व्यक्तित्व विकासको निर्माण गर्दै नगरको पर्यटकीय विकासको सुत्रमा जोड्दै लगिनेछ।
३। कभर्डहल तथा विद्यालयहरुमा भएका खेलकूद मैदानको स्तरोन्नतिगर्ने कार्यलाई अगाडि बढाइने छ।
४। नगरमा स्तरीय,व्यवस्थित खेल मैदान बनाउन स्थान पहिचान गरि आवश्यक कार्य अगाडि बढाइनेछ।
५। खेलकूद विकासलाई अझ बढी प्रभावकारी बनाउन मौजुदा नगर खेलकुद ऐनलाई आवश्यक परिमार्जन तथा संशोधन गरिनेछ।

पूर्वाधार विकास
COVID 19 ले प्रभाव पारेका विविध क्षेत्रहरुमा बजेटको ठूलो हिस्सा खर्चहुने हामी सबैले महसुस गरेकै छौ तथापि पूर्वाधार विकास पनि एउटा नगरको मेरुदण्डको रुपमा रहेको हुँदा नगरको दिगो विकासका लागि पूर्वाधार विकास अपरिहार्य देखिन्छ।पूर्वाधार विकासमा निम्न नीतिहरु लिएइको छ।
१। आ।व ०७७र०७८ मा नगर स्तरीय वहुवर्षीय पूर्वाधारका योजनालाई निरन्तरता दिने र अति आवश्यक बाहेक नया वाटोको ट्रयाक खोल्ने कार्य गरिने छैन।
२। अधुरा( पुल, कलभर्ट, वडा कार्यालय तथा सामुदायिक भवन,जेष्ठ नागरिक चौतारी, समाधि तथा अन्त्येष्टि स्थल,सार्वजनिक शौचालय, हाटबजार तथा बाटाहरु रनगर गौरवका योजनाहरु ९गौरादह पोखरी, वसपार्क, नगर चक्रपथ जस्ता० लाई प्राथमिकता दिइनेछ।
३। दीगो तथा जनताले महसुस गर्न सक्ने गरि प्रत्येक वडामा कम्तिमा एउटा कालोपत्रे सडक निर्माण सुरु गरिने र खानेपानी तथा सिचाईका पूर्वाधार निर्माणमा प्राथमिकता दिईने छ।
४। सबै वडाकाबाटाहरुमा वाह्रै महिना यातायतका साधन चलाउने व्यवस्था मिलाउन नगर तथा सबै वडाहरु बाट मर्मत कार्य गर्न आवश्यक मर्मत तथा संभार कोषको व्यवस्था मिलाइने छ।
५। यस नगरपालिकामा बसोबास गर्ने अति विपन्न भूमिहीन, मुसहर, सन्थाल, झागड, डोम जाति तथा तराई मधेश समृद्वि कार्यक्रम सञ्चालन कार्यविधि २०७६ को अनुसुचि ४ मा सुचिकृत समुदायलाई सुरक्षित बस्ने घरको व्यवस्था गर्ने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइने छ।
६। आम उपभोक्ताले अपनत्व महसुस गर्न सक्ने हिसाबले योजना सञ्चालनमा उपभोक्ताको उल्लेखनीयलागत सहभागिता तथा लागतको पारदर्शिता कायम गरिनेछ।
७। अनिवार्य रुपमा नक्सा पास गरि घर वनाउने व्यवस्था सिर्जना गर्नेर विविध कारणले अभिलेखीकरण हुन नसकेककाघरहरुलाईकेही समय सम्मकेही प्रतिशतराजश्व छुट दिने व्यवस्था मिलाइनेछ।
८। नगरको Integrated Urban Development Plan(IUDP)अगाडि बढाइनेछ।
९। डिजिटल नगर प्रोफाइल तयार गर्ने कार्य अगाडि बढाइनेछ।
१०। प्रत्येक वडामा बालबालिकालाई मनोरञ्जन तथा घुमफिर गर्ने व्यवस्था मिलाउन एउटा वाल उद्यान निर्माण गरिनेछ।
११। सम्भाव्यता अध्ययन भैसकेका औद्योगिक ग्राम पार्क निर्माण कार्य अगाडि बढाइ अन्य सम्भाव्यता अध्ययन समेत गरिने छ।

लघु उद्यम
१।  COVID 19  का कारण विदेशमा रोजगारी गुमाई घर फर्किएका तथा स्वदेशमानै रोजगारीको खोजीमा रहेका युवाहरुलाईनगर लघुउद्यम कोष खडा गरि स्थानीय उत्पादनमा आधारित उद्योग पहिचान गरि आवश्यक सीप तथा तालिमको व्यवस्था मिलाईलघुउद्यममा आकर्षित गराई रोजगारी सिर्जना तथा आय आर्जन गराउन जोड दिइने छ।
२। नगर क्षेत्रमा हाल सञ्चालनमा रहेका लघु तथा कुटीर उद्योगको पहिचान गर्ने र त्यस्ता उद्योगहरुको स्तरवृद्वि गराई धेरै भन्दा धेरै रोजगारी सिर्जना तथा आयआर्जन गर्न आवश्यक सुधार गर्ने व्यवस्था मिलाउन नगरपालिकाबाट उद्योगी व्यवसायीहरु सँग छलफल गरि आवश्यक कार्यक्रम अगाडि बढाइने छ।
३। स्थानीय उत्पादनमा आधारित लघुउद्यम बाट उत्पादित सामानको वजारीकरण गर्न नगरपालिकाको मुख्य बजारमा कोसेली घरको व्यवस्था मिलाउने र देश तथा विदेशमा समेत बजार खोजी गर्न आवश्यक पहलगरिनेछ।
लक्षित वर्ग
संविधान र कानूनले समेट्नु पर्ने सबै लक्षित वर्गकोआर्थिक, शैक्षिक, सामाजिक लगायत तोकिएका सबै खाले विकासमा नगरपालिकाको अहम् भूमिका रहने छ।लक्षितवर्गको समग्र विकास तथा उत्थानका लागि निम्न नीतिहरु लिएको छु।
१। दलित, सिमान्तकृत, विपन्न, मधेशी, मुस्लीम, पिछडा वर्ग, महिला, अदिवासी जनजाति,जेष्ठ नागरिक, एकल महिला, फरक क्षमता, असहायहरुलाई सीप, तालिम रउत्पादनमुखी कार्यक्रम सञ्चालन गरि आत्मनिर्भर बनाउने कार्यलाई प्राथमिकता दिई नगर भित्रै रोजगारी सिर्जना हुने वातावरण तयार गरिनेछ।
२। विभिन्न आदिवासी जनजातिहरुको आफ्नो धर्म सस्कृतिको संरक्षण तथा प्रर्वधनमा जोड दिइनेछ।

दैवीप्रकोप,वन वातावरण तथा फोहोरमैला व्यवस्थापन
१। सबै प्रकारका विपद लाई समयमै सम्बोधन गर्न नगर तथा वडा स्तरीय विपद् व्यवस्थापन समितिलाई अझ बढी क्रियाशील गराईने छ।
२। हाल विश्वलाई आक्रन्त बनाइरहेको ऋइख्क्ष्म् ज्ञढ लगायत विभिन्न समयमा देखा पर्ने अन्य ठूलो क्षति पुर्र्याउने सरुवा रोग, महामारी, बाढी, भूकम्प, आगलागी, हावाहुरी जस्ता प्रकोपबाट पीडित जनतालाई तत्काल उद्धारतथा राहत उपलब्ध गराउन हाल सञ्चालनमा रहेको प्रकोप व्यवस्थापन कोषलाई निरन्तरतादिइनेछ।उक्त कोषमा वाह्रै महिना दाताहरुको सहयोग जम्मा हुनेव्यवस्था मिलाइने छ।
३। नगरपालिकामा रहेको वारुणयन्त्रलाई थप व्यवस्थित गरिनेछ।
४। विभिन्न सरुवारोग,भूकम्प, हावाहुरी,आगलागी जस्ता प्रकोप बाट बच्ने उपायका वारेमा सचेतनामूलक कार्यक्रम तथा आवश्यक सुरक्षाका सामाग्रीको व्यवस्थापनमिलाइनेछ।
५। नगरपालिका भित्र बग्ने सबैखोला किनारहरु, ठूला चौडा बाटाहरुमा हरियाली बनाउन वन डिभिजन कार्यालय,बैंक तथा वित्तीय संस्था, रतुवामाई वृक्षारोपण आयोजना,भू(संरक्षण कार्यालय,निजी क्षेत्र तथा विभिन्न संघसंस्थाहरुसँग सहकार्य गरि विभिन्न जातका रुख, फलफुलका वोट विरुवा रोप्ने कार्य अगाडि वढाइनेछ।
६। निजी वनलाई प्राथमिकता दिई छोटो समयमा राम्रो प्रतिफल दिन सक्ने बोट बिरुवा रोप्न प्रोत्साहन गरिनेछ।
७। नगरक्षेत्रमा उत्पादन हुने फोहोरमैलाको श्रोतमानै सडेर जाने र सडेर नजाने पहिचान गरि छुट्याउने व्यवस्था मिलाइनेछ।यस्ता सड्ने फोहोरमैला बाटनिजी क्षेत्र सँग समन्वय गरि मल उत्पादनमा जोड दिइनेछ।
८। नसड्ने फोहोरका सम्बन्धमा नजीकका पालिका, विभिन्न संघ संस्थासँग समन्वय र सहकार्य गरि वैज्ञानिक तरिका बाट नष्ट गर्ने तथा पुनः प्रयोगमा ल्याउन सकिने विषयमा आवश्यक कार्य अगाडि बढाइनेछ।नसड्ने फोहोरको वैज्ञानिक ब्यवस्थापन नहुन्जेल सम्म यस नगर भित्र संकलन भएको नसड्ने फोहोरमैला यस नगरपालिकाको वडा नं। ७ मा रहेको खाली जग्गामा आवश्यक अध्ययन गरि व्यवस्थापन गर्ने कार्य तत्काल अगाडि बढाइनेछ।

सुशासन, पारदर्शिता,वित्तीय व्यवस्थापन सूचना, संचार तथा प्रविधि
१। नगरपालिका बाट जनतामा प्रवाह हुने सेवा सुविधा बिना झनझट समय भित्र सहज रुपमा उपलब्ध गराउन, सबै जनप्रतिनिधि, कर्मचारी जनताका सेवक हुन भन्ने भावनाको महशुस गराई नगरको सेवा प्रवाहगरिनेवातावरण अझै व्यवस्थितका साथ लागु गरिने र भ्रष्टाचारमा शुन्य सहनशिलताको नीति लिइनेछ।
२। नगरपालिका बाट सम्पादन हुने सबै काम, कारवाही, निर्णय ९कानुनले सार्वजनिक गर्न नमिल्ने वाहेक० जनसाधरणले सजिलै जानकारी पाउने गरि अझ बढी पारर्दशिता हुने व्यवस्था मिलाइनेछ र जनताले नगरमा आफ्नो गुनासो सहज रुपमाराख्न पाउनेर समय समयमा सार्वजनिक सुनवाई मार्फत जनताको भावना बुझ्ने वातावरण तयार गरिने र त्यस्ता भावना र गुनासोको समयमै सम्बोधन गर्नेव्यवस्था मिलाइनेछ।
३। वित्तीय अनुशासन कायम गर्न अनावश्यक साधारण खर्चमा कटौती, वेरुजु फर्छयौट तथा वेरुजु कम हुने वातावरण सिर्जना गर्न वित्तीय व्यवस्थापन मिलाइनेछ।
४। वैज्ञानिक कर प्रणाली तथा करको दायरा बढाएर जनताले सहजरुपमा कर तिर्ने वातावरण मिलाइनेछ र सम्पति करलाई यो वर्ष देखि आवश्यक अध्ययन गरि कार्यान्वयनमा ल्याइनेछ।
५। नगरपालिका भित्र रहेका सबै मिडिया हाउस पत्रपत्रिका तथा अनलाइनहरुलाईसूचीकरण गरि सो कोप्रवर्धनमा आवश्यक पहल गरिनेछ।जस्तो सुकै अफ्याीररो अवस्थामा समेत पत्रपत्रिकालाई नगरको सूचना उपलब्ध गराउने वातावरण तयार गरिनेछ।
६। नगर,वार्ड, स्वास्थ्य चौकी तथा सामुदायिक विद्यालयहरुलाई सूचना प्रविधि मैत्री बनाउदै लगिनेछ।
७। नगर वुलेटिन तथा शैक्षिक क्यालेन्डर प्रकाशन गरिनेछ।
सामाजिक सुरक्षा विकासतथा धर्म संस्कृति
१। न्यायिक समितिको कार्य सम्पादनलाई थप प्रभावकारी वनाउन आवश्यक श्रोत साधनको व्यवस्थापन मिलाइनेछ।।
२। सामाजिक सुरक्षालाई प्रभावकारी ढङ्गले व्यवस्थापन गर्न सडक बालबालिका, बेवारिसे तथा हिंसा पीडित व्यक्तिहरुको उचित व्यवस्थापन, जेष्ठ नागरिक र असहायहरुको संरक्षणमा ध्यान दिइनेछ।
३। सरकारी भवनहरुलाई असाहय, जेष्ठ नागरिक, वालवालिका मैत्री वनाइदै लगिनेछ।
४। हाल नगरपालिकाको एक ठाउ बाट मात्र दिदै आइएको जेष्ठ नागरिक तथा अपाङ्गता परिचयपत्र वितरण सेवालाई विस्तार गरिनेछ।
५। नगर भित्रका लोपोन्मुख धर्म संस्कृतिबाजा(गाजा, भेष(भुषाको उत्थान तथा प्रवर्धनमा जोड दिइनेछ।
६। नगरपालिका भित्र भएका सबै जात जाति, धर्म सस्कृति तथा भाषाको सम्मान एवम् संरक्षणमा ध्यान दिइनेछ।
७। नगरपालिका भित्र सबै धर्म,संस्कृतिकासांस्कृतिक पहिचानको संरक्षण गर्न उपयुक्त स्थान छनौट गरीसास्कृतिकसङ्ग्रहालयको स्थापनागरिनेछ।

भूमि व्यवस्था
१। साविक माहारानीझोडा हाल गौरादह वडा नं। ४, ५ को जग्गाकोसमस्या साथै गौरादहका अन्य सबै वार्डमा रहेका जग्गाका समस्या समाधान गर्न नगरपालिकाबाट विशेष पहल गरिने छ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  १ : ५९ बजे