११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

गौरीगंजमा आगामी वजेट, नीति तथा कार्यक्रमको विषयमा सर्वपक्षिय छलफल


१ असार २०७७, सोमबार  

0
Shares

pic

गौरीगंज १, असार / झापाको गारीगंज गाउँपालिकाले चालु आर्थिक वर्ष २०७६ / ०७७ का योजनाहरुको अवस्था र आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट तथा कार्यक्रम निर्माणका विषयमा आज सर्वपक्षिय छलफल गरी आवश्यक सुझाव लिएको छ ।

गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठको अध्यक्षतामा गाउँपालिका उपप्रमुख दिपिन्द्र थापा, प्रमुख प्रशासकिय अधिकृत प्रविण दाहाल, वार्ड नं. ३ का अध्यक्ष मखना महतोलगायत विभिन्न पार्टी प्रतिनिधि तथा समाजसेवीहरुले छलफल गरेका हुन् ।
सो अवसरमा छलफलमा सहभागिहरुले चालु आर्थिक वर्षको हाल सम्मका योजना तथा कार्यक्रमहरुको प्रगतिका विषयमा जिज्ञासा राख्दै आगामी वर्षका लागि महत्वपूर्ण योजना तथा कार्यक्रमहरु सुझावका रुपमा प्रस्तुत गरेका थिए ।
छलफलमा सहभागीहरुले गाउँपालिकाले गतवर्ष सञ्चालन गरेका अधुरा कामहरु पुरा गर्नु पर्ने, कृषि उपजलाई प्राथमिकताका साथ अघि बढाइनु पर्ने, क्षेत्रगतरुपमा कृषि उपजको सम्भाव्यतालाई अध्ययन गरी त्यहि अनुरुपको वालीलाई प्रोत्साहन गर्नुपर्ने, कृषि उपजको दरभाउ कायम गर्नु पर्ने, गाउँपालिकाले सञ्चालन गरेका कामहरुको अभिलेख राख्नुपर्ने, कोरोना महामारीलाई रोकथामका लागि पीसीआर टेष्टको दायरा बढाईनु पर्ने र क्वारेन्टाइनको उचित व्यवस्था गर्नुपर्ने, गाउँपालिकाले सञ्चालन गरेका कामको मुल्यांकन गरी त्यसको उपयोगिताको अध्ययन गरी आगामी वर्षका लागि वजेट विनियोजन गर्ने, विपत्त व्यवस्थापन कोषमा रकम वढाउनु पर्ने, बाटो निर्माण गर्दा बाटोमा लाग्ने कल्भर्टको समेत इस्टिमेट तयार गर्नु पर्ने, जनताको जिवनस्तर उकास्ने कार्य गर्नु पर्ने, वास्तविक किसानहरुको तथ्यांक राख्नुपर्ने, शित भण्डारणको व्यवस्था गरिनु पर्ने, सहकारीलाई गाउँपालिकाको साझेदारी संस्थाको रुपमा अगाडी बढाइनु पर्ने, खाद्य सुरक्षा, खाद्य निर्भरता, आयआर्जनको लागि सीपमुलक तालिमहरु सञ्चालन गर्नुपर्ने, शैक्षिक गुणस्तर उकास्न वैज्ञानिक र वस्तुपरक नयाँ ढङ्गबाट अघि बढाइनु पर्ने, तटबन्धको ढुगांजालीलगायतका कामहरुको स्थानिय युवाहरुलाई तालिम दिनुपर्ने, प्रत्येक सामुदायिक विद्यालयमा दक्ष जनशक्तिको व्यवस्था गरी कम्प्युटर शिक्षा दिनुपर्नेलगायतका सुझावहरु दिइएको थियो ।
गाउँपालिकाको बजेट, नीति तथा कार्यक्रम निर्माणका लागि सर्वपक्षिय छलफलमा नेकपा गाउँ कमिटि अध्यक्ष विद्यानन्द राजवंशी, कांग्रेस गाउँ सभापति राजेन्द्र कार्की, राप्रपा प्रतिनिधि देवी थापा, जनता समाजवादी पार्टी प्रतिनिधि पर्वत राजवंशी, पुर्व गाविस अध्यक्षहरु घनश्यम रिजाल, विजय अग्रवाल, देवीप्रसाद राजवंशी, समाजसेवी श्याम ढकाल, जिल्ला सहकारी संघ सञ्चालक समिति सदस्य अर्जुन दंगाल, भोला खतिवडा, रेडक्रस सोसाइटीका गौरीगंज अध्यक्ष कैलाश मास्के, खानेपानी तथा सरसफाई गौरीगंज अध्यक्ष उमानाथ भण्डारी, भोजराज सेढाई, चन्द्रमणी काफ्लेलगायतको सहभागिता थियो ।
छलफबाट आएका सुझावहरुको टिपोट गरी आवश्यक सुझावहरुलाई आगामी बजेट, नीति तथा कार्यक्रममा समावेश गरिने गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले वचनवद्वता गरेका थिए ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  १२ : ०० बजे