९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा भौतिक पूर्वाधारका ७ वटा योजना सञ्चालनमा


३२ जेष्ठ २०७७, आइतबार  

0
Shares

20200614_173602

दमक ३२, जेठ/ प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ मा तराई मधेस समृद्धि कार्यक्रम अन्तर्गत चालू आर्थिक बर्षमा भौतिक पूर्वाधारका ७ वटा योजना सञ्चालनमा रहेका सार्वजनिक भएको छ ।
प्रधानमन्त्री ओलीका सचिवालय सदस्य होम बहादुर थापाले आज आईतबार सामाजिक सञ्जाल फेसबुक मार्फत ति योजनाहरु सञ्चालनमा रहेको जनाउँ दिदैं सबै योजना असार मसान्त भित्र सम्पन्न गरिसक्नु पर्ने स्मरण गराउनु भएको छ ।
सार्वजनिक गरिएका योजनाहरुमा सबैभन्दा बढी रकम गौरादह नगरपालिका भित्र अल्पसंख्यक तथा विपन्न समुदायको आवास निर्माणमा रहेको जनाइएको छ । नगरपालिका भित्र बसोबास गर्ने सन्थाल, मुसहर, कर्मकार, डोम, मुस्लिम, दुसाध, माझी र सरवरिया जातिको आवास भवन निर्माणमा एक करोड रुपैयाँ रहेको जनाइएको छ ।

सो रकममा १० प्रतिशत लागत सहभागिता थप रहनेछ । तराई मधेस समृद्धि कार्यक्रम अन्तर्गत केन्द्र सरकारले विनियोजन गरेका सबै योजनाका बिषयमा भने सम्बन्धित स्थानीय तहको बोर्ड बैठकले निर्णय गरेको हुनु अनिवार्य छ । अघिल्लो बर्ष गौरादह ६ मा निर्माणाधिन ति समुदायको आवास निर्माण योजनाको रकम समयमा काम हुन नसपछि बजेट फिर्ता भएको कारण चालू आर्थिक बर्षमा पनि सो योजना प्राथमिकतामा राखेर बजेट छुट्टिएकोले यो बर्ष निर्माणले पूर्णता पाउने विश्वास आफूले राखेको उहाँले बताउनु भयो ।
गौरादहको सो योजना पछि सो कार्यक्रम अन्तर्गत दमक बहुमुखी क्याम्पस जाने बाटो ढल तथा इन्टर लकिङ निर्माणमा ७५ लाख रुपैयाँ रहेको जनाइएको छ । त्यस्तै गौरीगञ्जमा सामुहिक आवास कार्यक्रमका लागि ७५ लाख रुपैयाँ रहेको जनाइएको छ । त्यसैगरी कमल ३ मा साम्रको मिल हुँदै बोहोरा टोल, बगान टोल सिसा बाँध क्याम्प जाने सडकका लागि ६० लाख, कमल २ मै ढ्याङग्री खोलामा पूल निर्माणका लागि ५० लाख र दमक ७ मा हंस सामुदायिक भवन निर्माणका लागि ५० लाख, गौरादहमा राधाकृष्ण सामुदायिक भवन निर्माणका लागि ५० लाख रुपैयाँ बजेट कार्यान्वयनको अन्तिम चरणमा रहेको सचिवालय सदस्य थापाले जनाउनु भएको छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०७७, आइतबार  ११ : ५६ बजे