१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरादहमा थप १ जनासहित झापामा ५ जना काेराेना संक्रमित पुष्टि


२८ जेष्ठ २०७७, बुधबार  

0
Shares

20200528_210918
गाैरीगंज २७, जेठ / नेपालमा थप २७९जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गौरादह नगरपालिकाको जनता माविको क्वारेन्टाइनमा रहेकी बैगुन्धुरा-९ की एक २२ वर्षिय महिलामा कोरोना संक्रमण पुष्टी भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार झापामा थप ५ जनाका संक्रमण पुष्टि भएको छ । गौरादहमा १, मेचीनगरमा १ र कनकाईमा ३ जनासहित ५ जनामा संक्रमण पुष्टि भएको हो ।

यसरी संक्रमित हुनेको संख्या झापाको कचनकवलमा धेरै छ । फोकल पर्सन चौलागाईका अनुसार आजसम्म कचनकवलमा संक्रमितको संख्या ११२ , दमक १, बाह्रदशी ४, गौरीगञ्ज १२ , गौरादह ४, कमल १, अर्जुनधारा २, भद्रपुर ४ जना, झापा १, मेचीनगर २, बुद्धशान्ति ५, कनकाई ३ र हल्दिवारी २ पुगेको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार  ११ : ३१ बजे