९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

रुकुम घटनाको निष्पक्ष छानबिन गर्न गाैरादहमा संघर्ष समिति, निष्पक्ष न्यायकाे माग


२६ जेष्ठ २०७७, सोमबार  

0
Shares

FB_IMG_1591576764616
गौरादह २६, जेठ /रुकुम घटनाको निष्पक्ष छानबिनका लागि खबरदारी गर्न आईतवार गौरादह नगर स्तरीय संयुक्त राजनीतिक दलित संघर्ष समिति गठन गरिएकाे छ।

गौरादहमा नगर भित्र रहेका दलित समुदायहरुकाे भेलाले सूर्य गजमेरकाे अध्यक्षतामा ५५ सदस्यीय नगरस्तरीय संघर्ष समिति गठन गरेकाे छ।

समितिकाे उपाध्यक्षमा बिष्णु संकर, सचिबमा खड्ग बरायली, सह-सचिबमा फडिन्द्र बर्देवा र काेषाध्यक्षमा तारा लुवागुन रहेका छन्। घटनाका दाेषीलाई कार्वाही गरि उचित न्याय दिलाउदै पिडितलाई क्षतिपुर्ति दिनु पर्ने बक्ताहरुले माग राखेका छन्।कार्यक्रमका प्रमुख अतिथि तथा झापा जिल्ला संघर्ष समिति अध्यक्ष हुकुम सिंह नेपालीले गत जेठ १० गते रुकुमको चौरजहारीमा नवराज बि.क. सहित ६ जनामा भएकाे घटनाकाे सत्य तथ्य छानबिन हुनुपर्ने माग राखेका थिए । घटनाका दाेषीलाई कार्वाही हुनुपर्ने र पिडितलाई न्याय दिनुपर्ने धारणा राखेका थिए ।
गौरादह नगर दलित समन्वय समिति अध्यक्ष दल बहादुर दर्नालकाे सभापतित्वमा कार्यक्रम सम्पन्न भएकाे थियाे। त्यस अवसरमा गौरादह नगरपालिका वडा नं -१ का वडाध्यक्ष नगेन्द्र भण्डारी, सुसिल बराइली लगायतले मन्तब्य राखेका थिए। गौरादह नगर मुक्ति समाज अध्यक्ष सूर्य गजमेरले स्वागत मन्तब्य राखेकाे कार्यक्रममा मुक्ति समाजका नगर सदस्य फडिन्द्र बर्देवाले कार्यक्रम संचालन गरेका थिए।

प्रकाशित मिति : २६ जेष्ठ २०७७, सोमबार  १२ : ५५ बजे