६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

कचनकवलमा १० सहित आज झापामा १२ कोरोना संक्रमित थपिए


२३ जेष्ठ २०७७, शुक्रबार  

0
Shares

20200528_210918

गाैरीगंज २३,जेठ /
झापाको कचनकवलमा आज १० जना कोरोना संक्रमित थपिएका छन् । भारतबाट आएर क्वारेन्टाईनमा रहेकाहरुको स्वाव परिक्षणको क्रममा आज थप १० जनामा संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका महामारी फोकल पर्सन जिवन चौलागाईंले जानकारी दिनुभयो । उनिहरु भारतका बिभिन्न ठाउँबाट आएर गाउँपालीकाले तयार गरेको क्वारेन्टाईनमा सुरक्षित रुपमा बसेका थिए ।
यस्तै झापाकै गौरादह र गौरिजञ्जमा पनि आज १–१ जना संक्रमित थपिएका छन् । उनिहरु पनि भारतबाट आएर क्वारेन्टाईनमा बसेका थिए । यो संगै झापा मा आज १२ जना संक्रमित थपिएका छन् । सबैजना भारतका बिभिन्न सहरहरुबाट आएर क्वारेन्टाईनमा बसेकाहरु रहेको जनस्वास्थ्य कार्यालयका फोकल पर्सन चौलागाईंले बताउनु भयो ।
अहिले सम्म संक्रमण देखिएकाहरु सबै क्वारेन्टाईनमा बसेकाहरु रहेकोले आत्तिन नपर्ने उहाँले बताउनु भयो । उनिहरु भारतबाट आएर जिल्लाका स्थानियतहहरुले बनाएको क्वारेन्टाईनमा सुरक्षित रुपमा बसेकाले समुदायमा कोरोना संक्रमण पैmलीने सम्भावना नभएको उहाँले बताउनु भयो ।

प्रकाशित मिति : २३ जेष्ठ २०७७, शुक्रबार  १२ : १५ बजे