६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

डेढ महिनादेेखि राेकिएका गाैरीगंजका करिब १० कराेड बराबरकाे याेजनाहरू पुनः सञ्चालनमा


२७ बैशाख २०७७, शनिबार  

0
Shares

20200509_181639

गाैरीगंज २७ , बैशाख /

गाैरीगंजमा  चालू आर्थिक वर्षमा  सञ्चालन गरिने १० कराेड भन्दा बढीका राेकिएका याेजनाहरू (हुलाकी सडक बाहेक) लगभग डेढ महिना पछि पुनः सञ्चालनमा ल्याईएकाे छ ।

काेराेना भाईरसका कारण सरकारले लगाएकाे लकडाउनले गाउँपालिकाकाे ती याेजनाहरू राेकिएका थिए । सरकारले लकडाउनलाई केही खुकुलाे बनाएसंगै स्थानिय सरकार गाैरीगंजले अघि बढाएकाे ४७ वटा याेजनाहरू पुनः सञ्चालनमा ल्याउन लागेकाे हाे ।

निर्माणाधिन ती याेजनाहरू ठेक्का लिएर निर्माण कार्य अघि बढाएका ठेक्कादार कम्पनीहरूले एकाएक लकडाउन भएपछि उनीहरूसमेत मारमा थिए । तर लकडाउनलाई सरकारले केही खुकुलाे बनाएपछि ठेक्कादार कम्पनीहरू ती याेजनाहरू धमाधम अघि बढाएका छन् ।

काेराेना भाईरसकाे संक्रमणका सरकारले लगाएकाे लकडाउनले यस गाउँपालिकाकाे करिब ४७ वटा ठुला आयाेजनाहरू ( पाँचलाख भन्दा बढी) चैत्र ११ गतेदेखि राेकिएका थिए । ती ४७ वटा आयाेजनाहरूकाे जम्मा करिब ९ कराेड ६८ लाख ३६ हजार ५ सय ९८ रूपैयाँ बराबरकाे बजेट हाे ।

ठेक्कादार कम्पनीले सम्झाैता गरि निर्माणाधिन याेजनाहरू मध्ये र्पुल, कल्भर्ट, ढल, नदी नियन्त्रण, भवन, बजारका टहरा र सडक कालोपत्रे हुन् ।

प्रदेश नं. १ काे मुख्यमन्त्री तथा मन्त्रीपरिषदकाे कार्यालयले सार्वजनिक विकास निर्माण, निर्माण सामग्री आपूर्ति तथा सहजिकरण बैठकबाट महत्वपूर्ण निर्माणाधिन विकास आयाेजनाहरूलाई सञ्चालनका गर्न गराउन स्थानीय सरकारलाई अख्तियारी दिएपछि गाउँपालिकाले राेकिएका आयाेजनाहरू पुनः सञ्चालनमा ल्याएकाे हाे ।

ठेकेदार कम्पनीलाई आवश्यक पर्ने ढुंगा,गिट्टी, वालुवालगायतका निर्माण सामग्रीहरू सञ्चयकाे अवस्था र के कति मात्रामा थप आवश्यक पर्छ, साेकाे सूची तयार गरि अपुग हुने सामग्रीको लागि मात्र ठेक्का व्यवस्थापन भएकाे हकमा निश्चित सर्त र ताेकिएका दिनहरूमा मात्र स्थानिय प्रशासनकाे समन्वयमा स्थानिय तहले निर्देशन दिन सक्ने प्रदेश नं. १ काे मुख्यमन्त्री तथा मन्त्रीपरिषदकाे कार्यालयले निर्णय गरेकाे छ । यता जिल्ला स्थित समन्वय समिति झापाले पनि भाैतिक पुर्वाधार निर्माण तथा ढुवानी सेवालाई खुकुलाे बनाउने निर्णय गरेकाे छ ।

लकडाउनका कारण राेकिएका याेजनाहरू सञ्चालन गर्न गाउँपालिकाले निर्माण प्रक्रियालाई केही नियम बनाएर खुकुलो बनाई चालु आवको २०७६/०७७ का योजनाहरु सञ्चालन गर्ने जनाईएकाे छ ।

गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले अार्थिक बर्ष सकिन अब केही महिनाकाे अवधिमा ६० प्रतिशत याेजनाहरू सकाउने गरि काम शुरू गरिएकाे बताए ।
अध्यक्ष श्रेष्ठले याे अवधिमा नसकिएका याेजनाहरू पनि म्याद थप गरेर पनि गाउँपालिकाका याेजनाहरू जसरी पनि सकाउने दावी गरेका छन् ।

गाउँपालिकाकाे विभिन्न याेजनाहरू सञ्चालन गर्न सम्झाैता गरि ठेक्का लिएका कम्पनीहरू निराैला ब्रदर्स निर्माण सेवा गाैरादह, मेची कन्ट्रक्सन प्रालि विर्तामोड, समता कन्ट्रक्सन एण्ड सप्लायर्स प्रालि अनामनगर, कन्काई बबई निर्माण सेवा लखनपुर, मधुसुदन निर्माण सेवा दमक, मनास्लु कन्ट्रक्सन प्रालि इटहरी रहेका छन् ।

यता गाैरीगंज क्षेत्र अन्तर्गतकाे हुलाकी सडककाे निर्माण कार्य पनि सुचारू भएकाे छ ।
माेतीदान कन्ट्रक्सन प्रालिका प्राेजेक्ट म्यानेजर दिपक श्रेष्ठले दिएकाे जानकारी अनुसार हप्तादिन भित्रमा हुलाकी सडककाे ३८ वटा कल्भर्टकाे ढलाई सकाई फाइनल हुने छ । करिब १ सय ८० जना स्थानिय कामदारहरूलाई दुरी कायम राखेर निर्माण कार्य धमाधम अघि बढिरहेकाे म्यानेजर श्रेष्ठले बताए ।
३६ महिनामा हुलाकी सडककाे कार्य सकाउने टार्जेट भएपनि लकडाउनका कारण टार्जेट मिट नभएकाेले उनले बताए ।
हुलाकी सडक निर्माण कार्यकाे लागि  माेदीदान कन्ट्रक्सन सेवन प्रा.लि. काठमाडौं र हुलाकी राजमार्ग आयाेजना इटहरीले जिम्मा पाएकाे छ । रतुवा खाेला देखि पुर्वमा बिरिङ खाेला सम्म२९ किलाेमिटर रहेकाे र सडक निर्माण गर्न १ अरब ५० कराेड रूपैयाँमा ठेक्का लिएकाे छ ।

सामान्य तथा नियमित गर्नुपर्ने कामका लागि ठेकेदार कम्पनीले स्थानिय तहमा रहेका कामदारलाई काममा लगाउनु पर्ने, सामाजिक दुरी कायम गर्ने, कामदारलाई आवश्यक पर्ने स्वास्थ्य सामग्रीहरु माक्स, पन्जा, साबुन पानी, सेनीटाइजरको व्यवस्था गर्नुपर्ने गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापाले जनाएका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  १२ : ३७ बजे