४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गाैरीगंजमा किराना पसललाई जरिवानासहित पसल सिल गरियाे


२४ बैशाख २०७७, बुधबार  

0
Shares

20200506_131822

गाैरीगंज २५, बैशाख ।

जिल्लास्तरीय आपूर्ति व्यवस्था, अनुगमन सहजीकरण तथा नियन्त्रण समिति झापाले गाैरीगंज गाउँपालिका वार्ड नं. ३ बुधबारे बजारमा रहेकाे प्रदिप स्टाेर्सलाई १० हजार जरिवानासहित पसल सिल गरेकाे छ ।
म्याद गुजरेका चिसाे पेयपदार्थ र अन्य खाद्यान्नहरू विक्री वितरण गरेकाे पाईएकाेले उत्त किराना पसललाई आज जरिवनासहित सिल गरिएकाे हाे ।
साेही पसलका प्राेपाईटर विनाेद कुमार हलुवाईलाई सचेतपत्र सहित लकडाउन खुलेकाे ३ दिनभित्र घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरमा उपस्थिति हुने गरि अनुगमन समितिले कार्वाही गरिएकाे छ ।

उनी सहित गाैरीगंज गाउँपालिकामा रहेका ४ वटा खाद्यान्न पसलहरूलाई सचेतपत्र सहित ३५ हजार रूपैयाँ जरिवाना गरेकाे छ ।

20200506_131757
समितिले बुधबार गाैरीगंज वार्ड नं. ३ र ६ मा रहेकाे ४ वटा पसललाई रु ३५ हजार जरिवाना गरेको हाे । ११ वटा पसल अनुगमन गरेको समितिले गौरीगंज वार्ड नं. –३ चाैकमा रहेकाे कुसल फलफुल पसललाई रू १० हजार, साेही वार्डकाे बुधवारे हटियामा रहेकाे प्रदिप स्टाेर्सलाई १० हजार, गाैरीगंज ६ मा रहेकाे भावना स्टाेर्सलाई १० हजार र साेही वार्डकाे खजुरगाछी बजारमा रहेकाे साक्षी किराना पसललाई ५ हजार रूपैयाँ जरिवाना गरिएकाे
घरेलु उद्योग कार्यालय झापाका प्रमुख छविलाल खतिवडाले जानकारी दिए ।
पसलहरूमा अनुगमन गर्दा बिलबिजक जारी नगरेको, म्याद नाघेका चिसाेपेय पदार्थ र खाद्यान्न , मुल्यसूची नराखेकाे, कारोवारस्थलमा खाता नराखेको पाईएकाेले सो जरिवाना गरिएको अनुगमन समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिए।

उपभोक्ताहरूले बजारका व्यापारीले मूल्यभन्दा बढीमा सामान बिक्री गरेको गुनासो गरेपछि समितिले अनुगमन गरेको थियो । अनुगमनका क्रममा तय गरेको मूल्यको दररेट, बिल र खातासमेत हेर्दा १५ देखि २० प्रतिशतसम्म मूल्य बढीमा सामान बेचिरहेकाे पाईएकाे सहायक प्रमुख जिल्ला अधिकारी राईले बताएका छन् ।

सहायक प्रजिअ राईले बन्दाबन्दीको फाइदा उठाउँदै बजारमा कालोबजारी हुन नदिन समितिले जिल्लाका विभिन्न स्थानमा अनुगमन गरिरहेको बताए । समितिले उपभोक्तालाई सजक रहन र तोकिएको भन्दा बढी मूल्यमा सामान खरिद नगर्नसमेत आग्रह गरेको छ ।

जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी राज कुमार राईकाे नेतृत्वमा गरिएको अनुगमन तथा निरीक्षणमा खाद्यान्न सामग्रीको म्याद ,ब्यावसायीक ईजाजत पत्र,घरेलुमा दर्ता भएनभएको, नापतौल,बिल बिजक, मूल्यसुचीलगायतका खाद्यान्न सामग्रीकाे  निरिक्षण गरेकाे थियाे।

20200506_131838

घरेलु उद्योग कार्यालय झापा, नापतौल कार्यालय झापा र गौरीगंज उद्योग बाणिज्य संघकाे समेत सहभागितामा भएकाे निरीक्षणमा मूल्यसुची नभएका, ब्याबसायिक ईजाजत पत्र र बिल बिजक नभएका, म्याद नाघेका चिजवस्तुहरू वेचविखन गर्दै गरेका बढी मुल्यमा सामान बिक्री वितरण गरेका पसलहरुलाई पहिलाे पटक सांकेतिक रुपमा जरिवाना गराएको हाे । म्याद गुज्रेका सबै सामानहरू गाैरीगंज गाउँपालिकाकाे वार्ड नं. ३ कार्यालय अगाडि नष्ट गरिएकाे छ ।

लकडाउनकाे समयमा सर्वसाधारणहरुमा खाद्यान्न सामग्रीको अभाव हुन नदिन र बजार क्षेत्रमा हुने गरेकाे काला बजारी नियन्त्रण गर्न गरिएकाे अनुगमन कार्यमा ब्यापारीहरुलाई सल्लाह सुझाव सहित बढी कमिकमजाेरी गर्नेहरुलाई सांकेतिक जरिवाना गरिएपनि अनुगमन निरन्तर भइरहेकाले दाेस्राे पटक कमिकमजाेरी भेटिएमा नियम अनुसार कार्यवाही गरिने नापतौल कार्यालय झापाका प्रमुख कमल ओझाले जानकारी गराए।

अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राई, घरेलु साना उद्योग कार्यालयका प्रमुख छविलाल खतिवडा, ईलाका प्रशासन कार्यालय गाैरीगंजका प्रमुख राजु दाहाल, गाउँपालिकाका प्रमुख बाबुराजा श्रेष्ठ, उपाध्यक्ष दिपिन्द्र थापा, गाैरीगंज गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रविन दाहाल, उद्योग वाणिज्य संघ गाैरीगंजका अध्यक्ष मखना महताे , संघका सचिव श्रवण गिरी, उपभाेत्ता हित संरक्षण मञ्चका गाैरादह अध्यक्ष दिलिप भण्डारी, ईलाका प्रहरी कार्यालय गाैरीगंजका प्रहरी निरीक्षक गणेश भट्टराईलगायत पत्रकारहरूकाे उपस्थित थियाे ।

उपभोक्ता संरक्षण ऐन, २०७५ अन्तर्गत सहायक प्रजिअ राईको संयोजकत्वमा गठन गरिएको समितिमा आन्तरिक राजश्व कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रहरी कार्यालय, गुणस्तर तथा नापतौल कार्यालयलगायत सदस्य रहेका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ७ : ४६ बजे