१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

एकै दिन भेटिए कोरोनाका २४ बिरामी, संक्रमितको संख्या ८४ पुग्यो


२१ बैशाख २०७७, आइतबार  

0
Shares

20200503_210612

काठमाडौं २१, बैशाख / बाँकेको नेपालगञ्‍जमा आइतवार एकै दिन कोरोना भाइरसका २४ जना बिरामी भेटिएका छन्। नेपालगञ्‍जमा आइतवार सुरुमा नौजन बिरामी भेटिएका थिए।

त्यसपछि दोस्रो पटक ६ जना र तेस्रो पटक ९ जना गरेर २४ जना संक्रमित भेटिएका हुन्। भेरी अस्पतालको ल्याबमा गरिएको परीक्षणबाट थप नौजनामा कोरोना पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित प्रेस ब्रिफिङमा ९ जनालाई कोरोना भएको पुष्टि गरेका थिएश्र त्यसपछि सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले थप जनामा कोरोना देखिएको पुष्टि विज्ञप्तिमार्फत गरेका थिए।

यसअघि भेरी अस्पतालस्थित ल्याबमा गरिएको परीक्षणमा शुक्रबार एकजना ६० वर्षीय मुस्लिम धर्मगुरुलाई कोरोना संक्रमण पुष्टि भएको थियो। यी संक्रमतिहरु नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८ मा पर्ने जुलाहनपूर्वा टोल आसपासका रहेको बताइएको छ। यी सबै संक्रमित शुक्रबार पोजेटिभ देखिएका धर्मगुरुसँग सम्पर्कमा आएकाहरु हुन्।

यी सबै संक्रमित शुक्रबार पोजेटिभ देखिएका धर्मगुरुसँग सम्पर्कमा आएकाहरु हुन्। योसँगै नेपालगञ्‍जमा संक्रमितको संख्या २५ पुगेको छ। भेरी अस्पतालको ल्याबमा गरिएको परीक्षणबाट उनीहरुमा कोरोना पुष्टि भएको हो। पछिल्लो पटक भेटिएका नौ संक्रमितको विस्तृत विवरण खुलाइएको छैन।

आइतवार दोस्रो पटक भेटिएका संक्रमितमा १६, २१ र ३४ वर्षीय पुरुष थिए। त्यसैगरी ४०, ५५ र ६० वर्षीया महिला पनि कोरोना संक्रमित भएका थिए। आइतवार दिउँसो मात्रै नेपालगन्जमा पाँच पुरुष र चार महिलामा कोरोना पुष्टि भएको विवरण आएको थियो।

यही शुक्रबार त्यहाँका एकजना ६० वर्षीय मुस्लिम धर्मगुरुमा पहिलो कोरोना संक्रमण देखिएको थियो। नेपालगन्जमा यसअघि आइतवार दिउँसो संक्रमण पुष्टि भएका ९ जना कोरोना भाइरसका नयाँ बिरामीमध्ये ७ वर्षीय पनि रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालगन्जका संक्रमितमध्ये पहिलो लटका नौजनाको विवरण सार्वजनिक गर्दै उनीहरु ७ वर्षीयदेखि ५८ वर्षीयसम्मका रहेको बताएका थिए।

सङ्क्रमितका परिवार र नजिकका आफन्तजनालाई महेन्द्र बहुमुखी क्याम्पसस्थित क्‍वारेन्टाइनमा राखिएको थियो। कोरोना पुष्टि भएपछि उनीहरुलाई खजुरास्थित कोरोना विशेष अस्पतालको आइसोलेसनमा लगिने भएको छ।

शनिबार मात्रै कोरोना सङ्क्रमितको परिवार तथा आफन्त र सम्पर्कमा रहेका ८३ जनाको स्वाब परीक्षणका क्रममा तिनको पोजेटिभ भेटिएकाले अरु पनि भेटिन सक्ने बताए। शनिबार दिनभर सुरक्षाकर्मी र स्थानीय टोलवासी अगुवाको सहयोगमा कोरोना परीक्षणका लागि स्वाब नमूना सङ्कलन गरिएको थियो।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८ मा पर्ने जुलाहनपूर्वा टोलमा सङ्क्रमितको आवतजावत हुने गरेको पाइएपछि कोरोना परीक्षणका लागि स्वाब नमूना सङ्कलन गरिएको हो। बाँकेमा मात्रै कोरोना संक्रमितको संख्या २५ पुगेको छ। आइतवार वीरगञ्जमा पनि एकजना संक्रमित भेटिएका छन्। योसँगै देशभर कोरोना संक्रमितको संख्या ८४ पुगेको छ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ५ : २५ बजे