१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नेकपा नेता राजवंशीको निधन


१७ जेष्ठ २०७७, शनिबार  

0
Shares

rajbanshi

झापा । नेकपाका प्रदेश सदस्य झापा मेचीनगरका स्थानीयबासी हंसलाल राजवंशीको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा आज निधन भएको छ ।

उच्च रक्तचापका कारण मस्तिष्कघात भएपछि उनलाई दुई दिनअघि अस्पताल भर्ना गरिएको थियो । तत्कालीन दुहागढी गाविसका उपाध्यक्ष समेत रहेका नेता राजवंशी स्थानीय क्षेत्रमा लोकप्रिय, सरल र मिलनसार थिए ।

आइतवार बिहान १० बजे देउनिया घाटमा राजवंशीको दाहसंसकार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७७, शनिबार  १२ : ५२ बजे