५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

गाैरीगंजमा व्यवस्थित र सुरक्षित क्वारेन्टाइनकाे व्यवस्था गर्न स्थानियवासीहरूकाे माग


१२ जेष्ठ २०७७, सोमबार  

0
Shares

20200522_161617

गौरीगन्ज १२, जेठ/ गाैरीगंज गाउँपालिकाले स्थापना गरेकाे क्वारेन्टाइनलाई व्यवस्थित र सुरक्षित बनाउन स्थानियहरूले माग गरेका छन् ।
गाैरीगंज गाउँपालिका वार्ड नं. ३ का स्थानियवासीहरूले गाउँपालिकाले स्थापना गरेकाे गाैरीगंज बहुमुखी क्याम्पसकाे क्वारेन्टाइन व्यवस्थित र सुरक्षित तवरबाट व्यवस्थापन गर्न आज माग गरेका हुन् ।
उनीहरूले वार्ड पिच्छे क्वारेन्टाइनकाे व्यवस्था गर्नु पर्ने, सुरक्षित तरिकाबाट हाेल्डिङ्ग क्षेत्रबाट क्वारेन्टाइनसम्म ल्याउनु पर्ने र एउटै काेठामा काेच्चाएर नराखी सामाजिक दुरी कायम गर्नुपर्ने लगायतका मागहरू लिएर वार्ड नं. ३ का वडा अध्यक्ष मखना महताेकाे निवास पुगेका थिए ।
अध्यक्ष महताेले स्थानियहरूकाे माग जायज भएकाे भन्दै त्यसकाे विषयमा छलफल गरि आवश्यक व्यवस्था गर्ने बताएका थिए ।
दुईस्थानमा स्थापना गरि क्वारेन्टाइन सम्म भारतबाट आएका नेपालीहरूलाई क्वारेन्टाइनसम्म पुर्याउन सुरक्षित तवरबाट ब्यवस्थापन गर्नुपर्नेमा स्थानिय सरकारको ध्यान जान नसकेको स्थानिय युवा डम्बर बहादुर बस्नेतले बताए । एकै क्वारेन्टाइनमा गाउँपालिका भरिका मानिसलाई नराखि प्रत्येक वडामा क्वारेन्टाइनकाे स्थापना गरेर उनीहरूलाई क्वारेन्टाइनसम्म पुर्याउन सुरक्षित सवारी साधनकाे व्यवस्थापन गर्न सके मात्र काेराेनाकाे जाेखिमबाट जाेग्न सकिने उनले बताएका थिए ।

भारतमा लकडाउन खुकुलो बनाउदै नेपाल फर्किनेहरुलाई सहज बनाएसंगै कोरोनाको जोखिम बढ्दो भईरहेकाे बेला भारतसँग सीमा जोडिएको गौरीगन्ज १ कुन्जीबारी र भारतको किसनगञ्ज जिल्ला अन्तर्गत सिङिमारी ग्राम पञ्चायतको डाकुपाडाको बिचलगायत ३ स्थानमा हाेल्डिङ्ग सेन्टरकाे व्यवस्था गाैरीगंज गाउँपालिकाले गरेकाे छ ।
भारतबाट फर्किने नेपालीका लागि उत्त तीन स्थानहरूकाे होल्डिङ सेन्टरमा न त सामान्य खाजा भुजा, सेनिटाइजर , मास्क आदिको ब्यवस्थानै छ न त बस्ने नै ब्यवस्था गरेकाे छ ।

नेपाल आईसकेका स्थानीयहरुलाई ब्यवस्थित क्वारेन्टाइन सम्म पुर्याउने सवारी साधनको ब्यवस्था समेत यस क्षेत्रमा हुन सकेको छैन । गाउँपालिकाको बैठकले यस अघि गाउँपालिका अन्तर्गतका भारत संग सीमा जोडिएका ३ स्थानलाई भारतबाट नेपाली भित्र्याउन नाकाका रूपमा लिदै ती नाकामा होल्डिङ सेन्टर स्थापना गर्ने निर्णय गरेको थियो । गाउँपालिकाले यस अघि लकडाउन प्रभावितहरुलाई एक पटक राहत बाडे पनि पुनः राहत प्रदान गर्न पनि तदारुकता देखाएको छैन ।

गौरीगन्ज १ का स्थानीय युवा दिपक श्रेष्ठले नाकामा भारतबाट फर्किने नेपालीहरुलाई ब्यवस्थित नगरिदा कोरोना संक्रमणको जोखिम बढेको गुनासो गरे । उहाले सीमामा सुरक्षीत तवरबाट होल्डिङ सेन्टर स्थापना गरि क्वारेन्टाइन सम्म उनीहरुलाई पुर्याउने ब्यवस्थापन गर्नुपर्नेमा सरकारको ध्यान जान नसकेको बताए ।

प्रकाशित मिति : १२ जेष्ठ २०७७, सोमबार  ७ : ५९ बजे