१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

गाैरादह नगरप्रमुख साहले जन्मदिनमा क्वारेन्टाइनकामा रहेकालाई विभिन्न सामाग्री सहयाेग


११ जेष्ठ २०७७, आइतबार  

0
Shares

20200524_180203
गाैरादह ११, जेठ/ झापाको गौरादह नगरपालिकाका प्रमुख रोहित कुमार शाहले आज आफ्नाे जन्मदिनको अवसर पारेर नगर भित्रका क्वारेन्टाईनमा बसेकाहरुलाई बिभिन्न सामाग्रीहरु उपलब्ध गराउनु भएको छ ।

भारतका बिभिन्न ठाउँबाट आएर क्वारेन्टाईनमा रहेका नागरिकहरुको सरसफाईको लागि १ सय थान टुथ ब्रस, १ सय थान पेस्ट र १ सय थान लाईफ ब्वाई साबुन उपलब्ध गराउनु भएको नगरपालिकाका प्रवक्त तथा वडा नम्बर १ का वडाध्यक्ष नगेन्द्र भण्डारीले जानकारी दिनुभयो ।
गौरादहको वडा नम्बर ७ स्थ्ति ग्वाल्डुब्बामा रहेको क्वारेन्टाईनमा हाल ३५ जना बसिरहेका र थप २ सय जना अटाउने गरी अन्य ५ ठाउँमा क्वारोन्टाईन स्थल निर्माण भैरहेको नगर प्रमुख शाहले बताउनुभयो ।
भारतबाट आउनेहरुको संख्या बढ्दै गएको र सरकारले तेस्रो देशबाट समेत नागरिकहरु ल्याउने बताईरहेका बेला उनीहरुलाई राख्नको लागि व्यवस्थित क्वारेन्टाईन निर्माण भैईरहेको उहाँले जानकारी दिनुभयो । बिदेशबाट आएकाहरुलाई समुदायमा जान नदिई क्वारेन्टाईनमा राखिने र उनीहरुको स्वास्थ्य जाँच गरेर कोरोना संक्रमण नभएको टुंगो लागेपछि मात्रै समुदाय जान दिईने गरी व्यवस्था मिलाईएको उहाँले बताउनुभयो ।20200524_180203

प्रकाशित मिति : ११ जेष्ठ २०७७, आइतबार  १२ : २४ बजे