१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सातै वटै प्रदेशका प्रमुखहरुलाई बर्खास्त


१७ कार्तिक २०७६, आइतबार  

0
Shares

20191103_202124

काठमाडौं १७, कार्तिक / सरकारले सातै वटै प्रदेशका प्रमुखहरुलाई बर्खास्त गरेको छ। मन्त्रिपरिषदको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशका प्रमुखलाई बर्खास्त गरेकी हुन्।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार मन्त्रिपरिषदको कार्तिक १७ गतेको निर्णयबाट सिफारिस भई आएअनुसार नेपालको संविधानको धारा १६५ को उपधारा ९१०को खण्ड ख अनुसार सबैलाई पदमुक्त गरिएको हो।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले ०७४ माघ ३ गते प्रदेश नम्बर १ मा गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश नम्बर २ मा रत्नेश्वरलाल कायस्थ, प्रदेश ३ मा अनुराधा कोइराला, गण्डकीमा बाबुराम कुँवर, प्रदेश नम्बर ५ मा उमाकान्त झा, कर्णाली प्रदेशमा दुर्गाकेशर खनाल र सुदूरपश्चिम प्रदेशमा मोहनराज मल्ललाई प्रमुखमा नियुक्त गरेको थियो।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  २ : ३६ बजे