१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंजकी बालिकाकाे पीसीआर रिपाेर्ट नेगेटिभ, क्वारेन्टाइनमा रहेका सबैकाे पीसीआर टेष्ट गर्दै


१० जेष्ठ २०७७, शनिबार  

0
Shares

20200522_205317
गौरीगञ्ज १०, जेठ / गौरीगञ्ज गाउँपालिका वार्ड नं. २ कि एक बालिकाकाे पीसीआर रिपाेर्ट नेगेटिभ आएकाे छ ।

गत विहिवार उच्च ज्वरो , खोकि, पेट दुखेकाे र टाउको दुख्ने समस्या देखा परेपछी१२ बर्षिया ति बालिकालाई मेची अञ्चल अस्पतालकाे आइसोलेसनमा पठाइएको थियाे । उनकाे थ्राेट स्वावकाे नमुना संकलन गरी परिक्षणका लागि काेशी अस्पतालमा परिक्षण गर्दा नेगेटिभ रिपाेर्ट आएकाे स्वास्थ्य शाखा गौरीगञ्जका प्रमुख राम चन्द्र मिश्रले जानकारी गराएका छन् । उनलाई अाजै घर पठाईने जनाईएकाे छ ।

गाैरीगंजकाे भारतीय सीमाबाट उद्वार गरि क्वारेन्टाइनमा ल्याईएका सबै जनाकाे पीसीआर टेष्ट गरिदैछ । विराटनगर स्थित काेशी अञ्चल अस्पतालकाे स्वास्थ्य टाेलीले उनीहरूकाे थ्राेट र नाेजल स्वावकाे नमुना संकलन गर्दै छ ।
गाैरीगंज गाउँपालिका वार्ड नं. ६ मा रहेकाे प्राथमिक स्वास्थ्य केन्द्रकाे नवनिर्मित भवन र गाैरीगंज बहुमुखी क्याम्पसलाई क्वारेन्टाइनकाे रूपमा स्थापना गरि भारतबाट आएका नेपालीहरूलाई उद्वार गरि गाउँपालिकाले राखेकाे छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७७, शनिबार  १२ : १६ बजे