गाैरादह ५, जेठ / झापाकाे गाैरादहमा गाेरू काटेर मासु बेच्न खाेज्ने अभियाेगमा तीन जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
गौरादह नगरपालिका वार्ड नम्बर ४ बस्ने २७ बर्षिय रमेश दर्जी , ५० बर्षिय रमेश सुरेन र ५८ बर्षिय मद्रासी सुतियारलाई दमक प्रहरीले आज पक्राउ गरेकाे हाे ।
उनीहरू गए राति १० बजे स्थानीय पीताम्बर काफ्लेको खेतमा लगि गोरु काटेको, गोरुको टाउको,खुट्टा र भुँडी काटेकै स्थानमा गाडेको अबस्थामा स्थानीयले भेटेपछि प्रहरीलाई खबर गरेको थियाे ।
पक्राउ परेका दर्नालको घरबाट १० के.जी. गोरुको मासु भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरि तीनैजनालाई बुझाएको दमक प्रहरी कार्यालयका सहायक प्रहरी निरीक्षक बासुदेव चाैधरीले बताए ।