४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

कृषकका घरमै तरकारी किन्नेकाे भिड


१७ बैशाख २०७७, बुधबार  

0
Shares

20200429_174643

आत्माराम राजवंशी

गौरादह १७, बैशाख /
काेराेना भाइरस संक्रमणका कारण गौरादह नगरपालिकाले अन्य क्षेत्रबाट आयत हुने तरकारीमा राेक लगाएपछि कृषकका खेतवारि मै पुगेर उपभाेक्ताहरू तरकारी किन्न थालेका छन् ।

कृषकहरूले स्थानीय स्तरमा उत्पादन गरेका तरकारीलाई विक्री वितरणमा प्राथमिकता दिएसंगै सागसब्जीहरू अर्ग्यानिक हुने र स्वास्थ्यका दृष्टकाेणले पनि ताजा हुने हुँदा उपभाेक्ताहरू कृषकका घरमै पुगेर तरकारी किन्ने गरेका हुन् ।

स्थानियस्तरमा फलाएका तरकारी बिक्री वितरणमा प्राथमिकता दिएपछि ब्यापारीहरु तरकारी फलाएर बिक्री गर्ने घर खाेज्दै हिड्न थालेका छन् भने उपभोक्ताहरूले पनि बजार नगई अधिकत्तर गाउँ घरमै उत्पादन भएकाे सागसब्जी किन्न थालेका हुन् ।

गाउँघरमा फलाएका सागसब्जीहरू ताजा र अर्ग्यानिक हुने भएकाेले स्वास्थ्यकर तरकारी किन्न पाएकाे स्थानिय भुवन कटुवालले बताए । उनले भने – ‘लकडाउन भएदेखि गाउँ घरमै फलाएकाे तरकारी किन्ने गरेकाे छु । ताजा पनि हुने र सस्ताे पनि हुने भएपछि तरकारी किन्न कृषककाे घरमै पुगेकाे हुँ । ‘ बजारमा पाईने तरकारी अधिकांश विषाधी प्रयाेग हुने र अहिले लकडाउनका बेला महँगाे पनि भएकाेले गाउँघरमै उत्पादन गरेकाे तरकारी किन्ने गरेकाे उनी बताउँछन् । उनी मात्रै हाेईन कैयाै उपभोक्ताहरूले यतिबेला कृषकै घरमा गएर ताजा सागसब्जी किन्ने गरेका छन् ।

गौरादह नगरपालिका वडा नं -७ का गाेपी कृष्ण बास्ताेलाकाे घरमा दिनहुँ तरकारी किन्न छरछिमेक र अन्य उपभाेक्ताकाे भिड नै लाग्ने गरेकाे छ ।
उनले फलाएकाे काक्रा, खुर्सानी, बन्दा काेबी किन्न उपभोक्ताहरू घरमै पुग्छन् । विषादी प्रयाेग नगरी अर्ग्यानिक तरकारी स्वस्थ्यकर हुने हुँदा उपभोक्ताहरू तरकारी किन्न उनकाे घरमै पुगेकाे हाे ।
उनले फलाएकाे तरकारी मात्र हाेइन दूध पनि किन्ने मानिसकाे भिड उतिक्कै लाग्ने गर्छ । उनी भन्छन् – ‘ तरकारी बेच्न बजार जानू नै पर्दैन । सबै तरकारी र दूध घरबाटै बिग्छ ।’ ५ वटा गाई पालन गरेकाे उनकाे दूध पनि घरमै बिग्ने गर्छ ।

करिब ४ सय बाेटमा काक्रा फलाएर विक्री गर्दा एक सिजनमा १५ हजार देखि २० हजारसम्मकाे आम्दानी गरेकाे उनले बताए । उनले फलाएकाे काक्रा र बन्दा काेबी किन्न  उनकाे आगनमा आईतबार विहान चार जना उपभोक्ताकाे लाम देखिन्थ्यो । करिब १ घण्टामा  एक पछि  अर्काे गरि ७/ ८ जना  छरछिमेक तथा अन्य उपभाेक्ताहरू तरकारी किन्न आएका थिए ।

बैदेशिक राेजगारका क्रममा १० बर्ष मलेशिया र कतारमा रहेर काम गरिसकेका बास्ताेला सीप र जाँगरका साथ काम गरे यहि पनि राेजगारी सिर्जना गरेर आयआर्जन गर्न सकिने उनकाे अनुभव छ ।

20200429_174706
गाेपी कृष्ण कृषि फर्म दर्ता गरि दुई बर्ष अघिदेखि १ बिघामा मकैं खेती, सागसब्जी खेती र गाई पालन गर्दै आएकाे उनलाई श्रीमति टीका देवी बास्ताेला र बुहारी सरिता मैनालीले राम्रै सघाएका छन् । उनकी बुहारी मैनाली भन्छिन – बुबा एक्लै भ्याउन्नु हुन्न । गाई बस्तु र सागसब्जी उब्जाउमा सघाउने गरेकी छु । घरकाे कामधन्दा सकाएर बुबाकाे काममा सघाएकाे उनले बताईन ।
बास्ताेेेेेेलाकाे घरमा मात्र हाेईन त्यस क्षेत्रमा तरकारी फलाउने कैयाै किसानकाे घरमा यतिबेला तरकारी किन्ने उपभोक्ताहरूकाे भिड हेर्न सकिन्छ ।
साेहि वार्डका साेमनाथ खनाल पनि यहि तरकारी र धान खेती गरेर राम्रै कमाई गर्दै आएका छन् । गाेबर मल प्रयाेग गरेर कठ्ठाकाे १० मन मकै र विघाकाे ११० मन धान फलाउने गरेकाे उनले बताए । सागसब्जी पनि घरमै फलाउदा बजारकाे तरकारीमा निर्भर हुन नपरेकाे उनले बताए ।

गौरादह नगरपालिका वडा नं -८ का शंकर राजवंशीले सिजन अनुसारकाे तरकारी फलाएर बिक्रीवितरण गर्ने गरेका छन्। चार कठ्ठा मात्र जग्गा भएका राजवंशीले यस बर्ष काेबी, करेला,भिन्डी,पाटासाग,मलेसियन साग,फर्सी, घिरौला, पालुंगो, लट्टे साग, धनिया,लौका र काँक्रा फलाएका छन् ।थाेरै जग्गाबाट धेरै आम्दानी निकाल्न सफल भएका राजवंशीकाे बारीमा अहिले हाराभारा र तरकारीले हरियाली छाएकाे छ।

आफ्नै बारीबाट उनले दैनिक ५० केजी सम्म तरकारी तथा काँक्रा बिक्रीवितरण गरिरहेका छन्। केही ब्यापारी तथा घरका लागि तरकारी आवश्यक पर्नेहरु घर साेध्दै तरकारी लिन आउने गरेकाे राजवंशीले बताए। प्रत्येक बर्ष तरकारी फलाएर बिक्रीवितरण गर्दै आएका राजवंशीले बर्षकाे लाख रुपैयासम्म आम्दानी गर्ने गरेकाे बताए।पाँच जनाकाे परिवार भएका राजवंशीका दुई वटा छाेराहरुमा माइलाे स्नातकोत्तर र कान्छाे छाेरा तेज नारायण स्नातक तहमा काठमाडौंमा अध्यन गरिरहेका छन्। छाेराहरुका साथै घर खर्च समेत गरेर बचत हुने गरेकाे राजवंशीले बताए ।
स्थानिय स्तरमा फलाईने भिन्डी, करेला, बैगुन, खुर्सानी, धनिया, बाेडी, लाैका, पाटा साग, टमाटर, लट्टे साग, घिराैलालगायतका सागसब्जीहरू यहाँका कृषकहरूले फलाएका छन् ।
हातमा सीप र जाेस जाँगर बाेकेर काम गर्ने हाे भने बिदेश यहि छ। यहि अवसर सिर्जना गरेर आम्दानीका स्राेत बनाउन सकिने यहाँकाे कृषकहरूकाे भनाई छ ।

20200429_174654
नगद आयआर्जन गर्ने उदेश्यले ब्यवसायिक रुपमा तरकारी खेती गर्ने ब्यक्तिहरुलाई कामकाे खाँचो हुदैन र राेजगारीका लागि बिदेश जानु नपर्ने उनीहरू बताउँछन् ।

मानिसहरुलाई बिहान बेलुका हातमुख जाेड्न तरकारी  नभई नहुने बस्तु हाे। खाना तथा खाजा खाँदा तरकारी सबैका लागि अनिवार्य मानिन्छ। प्रायः कृषकले तरकारी आफ्नो बारीमा लगाउने गरेपछि उपभोक्ताहरूलाई बजार सम्म धाउन नपरेकाे हाे ।

यता बाहिय क्षेत्रबाट आयात हुने तरकारीमा स्थानीय सरकारले राेक लगाएपछि तरकारीको अभाव खड्किन थालेकाे छ भने बजारमा मात्र नभई ब्यापारीहरुले गाउँघरमा उत्पादन भएका तरकारीहरु सिटिसफारीमा बाेकेर गाउँघरमा डुलाएर बिक्रीवितरण गर्ने गरेका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  १२ : १० बजे