४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गाैरीगंजकी एक महिला काेराेना संक्रमण देखिएकाे स्थानबाट १ महिना पछि घर फर्किन्


१६ बैशाख २०७७, मंगलबार  

0
Shares

20200409_211800
गाैरीगंज १६, बैशाख / बाह्रदशी गाउँपालिका स्थित माइतीवाट आफ्नाे घर फर्किएकी   गाैरीगञ्ज गाउँपालिका वार्ड नं ३ बस्ने एक महिलालाई गएराती क्वारेन्टाइनमा राखिएकाे छ ।
बार्हदशी गाउँपालिका वार्ड नं. ४ चकचकीमा हालै काेराेना भाईरसबाट संक्रमित एक पुरूष बसेकै वार्डमा १ महिना अघि माईत पुगेकी गाैरीगंज गापा वार्ड नं. ३ ठेकीटाेला बस्ने २७ बर्षिया महिलालाई गाैरीगंज क्वारेन्टाइनमा रातकाे १२ बजे ल्याईएकाे गाैरीगंज स्वास्थ शाखा प्रमुख राम चन्द्र मिश्रले बताए ।
बार्हदशी गाउँपालिका वार्ड नं. ४ चकचकीमा एक पुरूषलाई काेराेना संकमण देखिएपछि आईतबार देखि उत्त क्षेत्र सिल गरिएकाे छ ।

याे संगै गाैरीगञ्जकाे क्वारेण्टाइनमा ३ जना महिला र १७ जना पुरुष सहित जम्मा संख्या २० पुगेकाे छ ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  २ : ०९ बजे