९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

गाैरीगंज घर भएका २० जनालाई काठमाडौं बाट घर फर्काईयाे


१४ बैशाख २०७७, आइतबार  

0
Shares

20200426_220557
गाैरीगंज १४, बैशाख / सरकारले लगाएकाे लकडाउनमा परि अप्ठ्यारोमा रहेका काठमाडौं बस्ने यहाँका २० जनालाई आज घर फर्काईएकाे छ ।

गाैरीगंज गाउँपालिकामा स्थायी घर भएका उनीहरूलाई स्वास्थ्यकर्मीकाे निगरानीमा हाेम क्वारेन्टाइनमा राख्ने गरि घर फर्काईएकाे हाे ।
अप्ठ्यारोमा परि घर फर्कन ईच्छा जताएकालाई घर फर्काउन गाैरीगंज गाउँपालिकाले निर्णय गरि त्यसकाे व्यवस्थापन गर्ने निर्णय गरेकाे छ । त्यस अनुरूप उनीहरूलाई काठमाडौंबाट घर फर्काईएकाे उपाध्यक्ष दिपिन्द्र थापाले बताए ।

गाैरीगंज गाउँपालिका वार्ड नं. २ का ५५ बर्षिया १ जना , वार्ड नं. ३ का १४ जनामध्ये पुरुष ९ जना, ५ जना महिला र वार्ड नं. ६ का ५ जना गरि जम्मा २० जनालाई बसबाट घर फर्काईएकाे गाैरीगंज स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जानकारी दिएका छन् ।
उनीहरूलाई स्वास्थ्यकर्मीकाे निगरानीमा राख्ने र सबैकाे रगत नमुना संकलन गरि चेकजाँच गर्ने प्रक्रिया यथासिघ्र अघि बढाईने उनले बताए ।
काेराेना भाईरसकाे संक्रमण फैलिन नदिन सरकारले चैत ११ गतेदेखि बन्दाबन्दी लगाएकाे छ । नेपालमा आईतबारसम्म ५२ जना काेराेना संक्रमित फेला परेकाे छ ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ४ : २५ बजे