४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गाैरादह काँग्रेस वडा समितिद्वारा खाद्यान्न हस्तान्तरण


१३ बैशाख २०७७, शनिबार  

0
Shares

20200425_164218

गौरादह१३, बैशाख / नेपाली काँग्रेस गौरादह नगरपालिका वडा नं -२ काे वडा समितिले संकलन गरेकाे रकमबाट खरिद गरेकाे खाद्यान्न सामग्री वडा नं -२ काे वडा कार्यलयले स्थापना गरेकाे फुड बैंकमा हस्तान्तरण गरेकाे छ।

नेपाली काँग्रेस वडा नं -२ काे वडा समितिले २२ हजार रुपैयाँ संकलन गरेकाेमा ११ हजार पार्टीको नगर समितिलाई हस्तान्तरण गरेकाे थियाे।

पार्टीको नगर समितिलाई हस्तान्तरण गरेर बाँकी रहेकाे रकमबाट खाद्यान्न सामग्री खरिद गरि फुट बैंकमा जम्मा गरेकाे खाद्यान्न संकलन तथा ब्यबस्थापन समिति सदस्य दिपक खड्काले जानकारी गराए। पार्टीको वडा समितिले १ सय ७५ केजी चामल,२५ केजी दाल,५० केजी नुन र १३ लिटर तेल रहेकाे पार्टीका क्षेत्रीय प्रतिनिधि गाेपाल प्रसाद काेईरालाले जानकारी गराए। काेराेना भाइरस संक्रमणका कारण लकडाउन भएपछि अफ्ट्यारोमा परेका जनमजदुरहरुलाई  भाेकमारीबाट जाेगाउन राजनीतिक दलहरु जुटेका हुन्।

गौरादह नगरपालिका भित्र बसाेबास गर्ने गरिब तथा बिपन्न परिवारलाई लकडाउनबाट प्रभावित हुँदा दैनिक राेजिराेटी खाेसिएकाले ती परिवारलाई छाकटार्ने ब्यबस्था मिलाउन राजनीतिक दलका प्रतिनिधिहरु अग्रसर भएका छन्। काेराेना भाइरसले बिस्वभर आतंक फैलाईरहँदा नेपाल पनि अछुताे नरहेकाले यसबाट जाेगिन ब्यक्ति आँफै सचेत हुनुपर्ने भएकाले काम गर्ने वातावरण नहुँदा गरिब तथा बिपन्न परिवारमा खाद्यान्नकाे संकट आएकाे खाद्यान्न संकलन तथा ब्यबस्थापन समिति सदस्य शंकर कट्टेलले बताए ।

दैनिक ज्यालादारीमा काम गरेर गुजारा चलाउने जनमजदुरहरुमा आएकाे संकट समाधान गर्न सबैकाे सहयाेग आवश्यक रहेकाे वडा सदस्य बिजय कंदङवाले जानकारी गराए। वडा नं -२ का वडाध्यक्ष हेमन्त कार्कीले नगरभित्र रहेका बिपन्न परिवारहरुका लागि खाद्यान्न सामग्री जुटाएर सहयाेग गर्ने नेपाली कांग्रेस वडा नं -२ काे वडा समितिलाई हार्दिक धन्यवाद दिएका छन् ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  १० : ५८ बजे