३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

आमा, तिम्रो गुण मैले बिर्सिएको छैन,


११ बैशाख २०७७, बिहिबार  

0
Shares

20200423_192538

आमा,
तिम्रो गुण मैले बिर्सिएको छैन,

नसम्झनु छोरी कन्यादान पछि
पराइ नै हुन्छन्
नसम्झनु छोरी अब हाम्रा हुंदैनन
आमा मैले तिम्रो माया बिर्सिएको छैन
बाचुन्जेल तिम्रो ठाँउ फेरिंदैन।।

सधैं भरी संगै हुन नपाए नि
मन मेरो तिमी संगै हुन्छ आमा,
घाँस दाउरा मेलापात धाउदा ,
भात भान्सा सकिएर थकाइ मार्न खोज्दा,
निन्द्रा कहाँ आउँछ र??
आखांभरी तिमी तिमी छाउंछौ।।

पराइ घरमा छिटो उठनु पर्छ
भन्दै सिकाउथ्यौ
सबलाइ खुसी पार्न तिमिले
आफ्नो मन मार्न सिकाएकी थ्यौ।
तर मलाई छिटो उठन बानी परेन,
आफ्नो खुसी मार्न मैले सक्दिन,
तिम्रो यादलाई पन्छाएर म बाच्न सक्दिन।।।।

सम्पुर्ण आमाहरु प्रती समर्पित !!

-सरु

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहिबार  १ : ४३ बजे