३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

उद्योग वाणिज्य संघ गाैरीगंजद्वारा २ सय पाेका खाद्यान्न गाउँपालिकालाई हस्तान्तरण


११ बैशाख २०७७, बिहिबार  

0
Shares

20200423_165444

गौरीगंज ११, वैशाख /काेराेना भाइरस संक्रमणका कारण लकडाउनमा परी अप्ठ्यारोमा परेका आर्थिक अवस्था न्यून भएका परिवारका लागि उद्याेग वाणिज्य संघ गाैरीगंजले खाद्यान्न राहत हस्तान्तरण गरेकाे छ ।

वाणिाज्य संघ गाैरीगंजले संघसंग आवद्व व्यापारी, शुभ चिन्तक र विभिन्न दाताहरूबाट सहयाेग जुटाएर गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ र उपाध्यक्ष दिपिन्द्र थापालाई २ सय पाेका खाद्यान्न हस्तान्तरण गरेकाे हाे ।

उद्याेग वाणिज्य संघ गाैरीगंजका अध्यक्ष तथा वार्ड नं. ३ का अध्यक्ष मखना महताे, संघका सचिव श्रवण गिर, चन्दन दास, तिलक राजवंशी, कार्यालय सहयाेगी वियज यादवलगायतका पदाधिकारीहरूले संयुक्तरूपमा गाउँपालिकालाई १० किलाे चामल, १ केजी दाल, १ केजी नुनु, १ लिटर तेल खाद्यान्न राहत हस्तान्तरण गरेका थिए ।

गाउँपालिकाभित्र रहेका गरिब तथा बिपन्न परिवारलाई समान रुपमा राहत बितरण गर्न गाउँपालिकाले एकद्वार प्रणाली नीति अपनाएकाे हुँदा वाणिज्य संघले आफ्ना सदस्यहरूबाट राहत सहयाेग जुटाएर सहयाेग गरेकाे संघका अध्यक्ष मखना महताेले बताए ।
गाैरीगंज गाउँपालिकामा अधिकांश विपन्न परिवारहरूकाे बसाेवास रहेकाेले उनीहरूलाई राहत स्वरूप संघले सहयाेग गरेकाे संघका सचिव श्रवण गिरीले बताए । पहिलाे चरणकाे राहत संघले हस्तान्तरण गरेकाे बताउदै संघका सचिव गिरीले आवश्यक परे पुनः विपन्न परिवारलाई खाद्यान्न सहयाेग गर्ने प्रतिवद्वता जाहेर गरेका थिए ।
गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले उद्योग वाणिज्य संघ गाैरीगंजले राहत सहयाेग गरेकाेमा धन्यवाद दिदै अन्य संघ संस्थाहरूलाई पनि विपन्न परिवारका लागि सहयाेग गर्न आग्रह गरेका थिए ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहिबार  ११ : ११ बजे