गाैरीगंज ९, बैशाख / गाैरीगंज गाउँपालिका वार्ड नं. ४ कदमगाछीमा गए राती चाेरी भएकाे छ ।
गाैरीगंज गाउँपालिका वार्ड नं. ४ कदमगाछी बस्ने मिथुन राजवंशीका एक हल गाेरू र १ बाछा चाेरी भएकाे हाे । राजवंशीकाे गुहालीमा बाधिराखेकाे अवस्थामा रातकाे ११ बजे राती चाेरी भएकाे स्थानिय देव ताजपुरियाले जानकारी गराएका छन् ।
प्रहरीकाे कडा सुरक्षा र सिमा नाकामा २४ सैं घण्टा निगरानीका बीच भएकाे यस प्रकारकाे चाेरीले सर्वत्र चासाेकाे विषय बनेकाे छ ।
९ बैशाख २०७७, मंगलबार
0
Shares