१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंज क्वारेन्टाइनमा आइतवार ५ जना थपिए


७ बैशाख २०७७, आइतबार  

0
Shares

20200409_211800
गाैरीगंज ७, बैशाख / गाैरीगञ्ज प्राथमिक स्वास्थ्य केन्द्रकाे नवनिर्मित भवनमा रहेकाे क्वारेण्टाइनमा आज आईतबार ५ जना थपिएका छन् ।

भैरहवावाट पैदल हिडेर गाैरीगञ्ज अाइपुगेका गाैरीगञ्ज गाउँपालिका वार्ड नं ६ घर भएका २२, २५ ,३० ,२६ र ३३ वर्षिय गरि जम्मा ५ जना पुरुषलाई राती गाैरीगञ्ज गाउँपालिकाद्वारा सञ्चालित क्वारेण्टाइनमा राखिएकाे छ । उनीहरू सबैकाे स्वास्थ्य जाँच गरि क्वारेन्टाइनमा राखिएकाे गाैरीगंज स्वास्थ्य प्रमुख रामचन्द्र मिश्रले जानकारी गराएका छन् ।
गाैरीगञ्जकाे क्वारेण्टाइनमा रहनेकाे संख्या १८(सवै पुरुष) जना पुगेकाे छ ।
उनीहरूबाट काेराेना भाईरसकाे संक्रमण फैलन सक्ने जाेखिम रहेकाेले क्वारेन्टाइनमा राखिएकाे गाैरीगंज स्वास्थ्य प्रमुख मिश्रले जानकारी गराएका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ५ : २६ बजे