१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मलकाे अभावले चैते धान र मकै बालीकाे उत्पादन घट्ने किसानकाे चिन्ता


७ बैशाख २०७७, आइतबार  

0
Shares

20200419_151134

महाभारा ७,बैशाख / झापाको ग्रामीण क्षेत्रका किसानले लगाएको चैते धान र मकैका लागि यतिबेला लगाउनु पर्ने युरिया मलको अभावमा यस बर्ष दुबै बालीको उत्पादन घट्ने चिन्ताले किसानहरु पिरोलिएका छन । चैत पहिलो साता सम्ममा रोपिएको उन्नत जातको मकै र चैते धानमा यतिबेला युरिया मल लगाउनु अनिवार्य भएको किसानहरु बताउँछन् ।

बर्सेनि यस क्षेत्रका किसानले रासायनिक मलको अभाव झेल्दै आएता पनि कृषि सामाग्री कम्पनीले पर्याप्त मल उपलब्ध नगराउदा समस्या भएको साना किसान कृषि सहकारी सस्था महाभाराका अध्यक्ष तिलक प्रसाद राजबन्शीले बताउनु भयो । उहाँका अनुसार धान र मकै रोप्ने समयमा यश अघि कृषि सामाग्रीबाट प्राप्त मल बितरन गरिसकिएको थियो । बाली लगाएको २२ दिनपछी एक महिना भित्रैमा युरिया मल हाल्नु पर्नेमा अहिलेसम्म मागको १० प्रतिसत पनि युरिया प्राप्त गर्न नसक्दा सस्थामा आवद्ध किसानको माग पुरा गर्न नसकिएको उहाले बताउनु भयो ।

वहाँले पछिल्लो समय करिब ५०० बोरा अर्थात २५ हजार केजी युरिया मल माग भएकोमा दुई दिन अघि ५० बोरा मात्रै उपलब्ध भएको बताउनु भयो । यतिधेरै मागमा ५० बोरा मल ज्यादै कम्ती हो अध्यक्ष राजबन्शीले भन्नू भयो । सस्थामा उपलब्ध मल पर्याप्त नभए पनि जति सकिन्छ सके सम्म सबैलाई समानुपातिक रूपमा सम्बन्धित क्षेत्रका टोल प्रतिनिधिहरु मार्फत बितरन गरिएको जनाइएको छ ।

समयमा पर्याप्त मलको उपलब्धता नहुदा उत्पादनमा कमी आउने सम्भावना एकातिर छ भने अर्कातिर निरन्तरको लक डाउनका कारण उत्पादन बिक्री गर्न नपाइने हो कि भन्ने चिन्ताले किसानहरुलाइ सताउन थालेको छ । किसानले उत्पादन गरेको कृषि उपज सरकारलेनै खरिद गरेर बजारको ग्यारेन्टी गर्नुपर्ने किसानहरुको माग छ । त्यसो हुन नसके सरकारले भन्ने गरेको कृषिमा क्रान्ती र कृषि बाटै समृद्धिको नारा सार्थक हुन नसक्ने देखिन्छ ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ९ : २९ बजे