१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंज क्वारेन्टाइनमा बुटवल र धनुषाबाट आएका २ व्यक्ति थपिए


६ बैशाख २०७७, शनिबार  

0
Shares

20200409_211800

गाैरीगंज ६, बैशाख / गाैरीगञ्ज प्राथमिक स्वास्थ्य केन्द्रकाे नवनिर्मित भवनमा रहेकाे क्वारेण्टाइनमा आज शनिवार २ जना थपिएका छन् ।

गाैरीगञ्ज वार्ड नं. २ काेराेवारी निवासी ४८ वर्षिय एक पुरुष र वार्ड नं. ५ वालुगाउँ निवासी २० वर्षिय युवकलाई क्वारेन्टाइनमा राखिएकाे हाे ।

वार्ड नं. २ काेराेवारी बस्ने व्यक्ति धनुषाबाट पैदल हिडेर घर आइपुगेपछि स्थानियहरूकाे सुचनाकाे आधारमा प्रहरी र स्वास्थ्यकर्मीले क्वारेन्टाइनमा ल्याएका थिए भने वार्ड नं. ५ वालुगाउँ बस्ने युवक वुटवलबाट घर फर्केका थिए । उनीहरू दुवैबाट काेराेना भाईरसकाे संक्रमण फैलन सक्ने जाेखिम रहेकाेले क्वारेन्टाइनमा राखिएकाे गाैरीगंज स्वास्थ्य प्रमुख रामचन्द्र मिश्रले जानकारी गराएका छन् । अब गाैरीगंज क्वारेन्टाइनमा उनीहरू सहित जम्म ११ जना पुरूष रहेका छन् ।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार  १ : २१ बजे