१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नेपालमा कोरानाभाइरस संक्रमितको संख्या ३० पुग्यो, आजमात्रै १४ नयाँ संक्रमित पुष्टि


५ बैशाख २०७७, शुक्रबार  

0
Shares

20200417_203644
काठमाडौं । नेपालमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमितको संख्या ३० जना पुगेको छ । आजमात्रै थप १४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उदयपुर जिल्लाका १२ वटामा कोरोना संक्रमण पुष्टि भएको छ भने चितवनका दुई जनामा पनि कोरोना पुष्टि भएको छ ।

‘हालको अध्यावधिक विवरण अनुसार कोभिड–१९ को जम्मा पुष्टि भएको संख्या ३० पुगेको छ । जसमध्ये आज मात्रै १४ जनामा नयाँ पुष्टि भएको छ । जसमध्ये उदयपुर जिल्लाका १२ वटा (१२ जना नै पुरुष, ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्षीय) र चितवन जिल्लाको २ वटा केस (२ पुरुष, २७ र ६३ वर्षीय) रहेका छन्’, मन्त्रालयले भनेको छ ।

यसअघि नै १६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । यसमध्ये एक जना निको भएर घर फर्किसकेका छन् । कोरोनाभाइरसको संक्रमण पुष्टि भएकाहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जानकारी दिएको छ । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

पछिल्लो तथ्यांक अनुसार उदयपुरमा सर्वाधिक धेरै १२ जना, काठमाडौँमा ५, कैलालीमा ४, पर्सामा ३, चितवन र बाग्लुङमा २–२ तथा कञ्चनपुर र रौतहटमा १–१ जना कोरोनाभाइरस संक्रमित फेला परेका छन् । यसमध्ये काठमाडौँका एक जना स्वस्थ भइसकेका छन् ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  २ : ५३ बजे